Premier Cables
Premier Steel

प्रदेश समाचार

सिँचाइको क्रममा करेन्ट लागेर मधेशमा तीन किसानको मृत्यु

नोट: यो समाचार १ वर्ष अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, साउन ०८, २०८२  | बिहान १०:११ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

रौतहट। रौतहट जिल्लामा सिँचाइका लागि खेतमा पानी लगाउने क्रममा एक साताभित्र करेन्ट लागेर तीन किसानको ज्यान गएको छ। बुधबार मात्र दुई जनाको करेन्ट लागेर मृत्यु भएको हो।

माधव नारायण नगरपालिका–४ बिसनपुर्वा मानपुर निवासी तुल्सी मुखियाका ४० वर्षीय छोरा रामबाबु मुखियाको बुधबार बिहान खेतमा पानी पटाउने क्रममा विद्युतीय मोटरबाट करेन्ट लाग्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरीक्षक (डीएसपी) राजन कार्कीले जानकारी दिए। गम्भीर घाइते भएका मुखियाको गौरस्थित प्रादेशिक अस्पतालमा उपचारका क्रममा ज्यान गएको हो।

बिज्ञापन

त्यसैदिन कटहरीया नगरपालिका–२ जमुनिया टोलका ५२ वर्षीय मोक्तार देवानको पनि खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर मृत्यु भएको छ। करेन्ट लागेर घाइते भएका देवानको गरुडास्थित ग्राण्डी अस्पतालमा उपचारका क्रममा निधन भएको प्रहरीले जनाएको छ।

यसअघि असार ३१ गते मौलापुर नगरपालिका–८ सोनरनियाका १४ वर्षीय नरेन्द्र पटेल (गोलु) को पनि खेतमा सिँचाइको क्रममा करेन्ट लागेर मृत्यु भएको थियो।

स्थानीय तह र सम्बन्धित निकायले कृषकको सुरक्षाका लागि आवश्यक सावधानी र सतर्कता अपनाउनुपर्ने आवश्यकता देखिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka