Premier Cables
Premier Steel

समाचार

कटहरीमा करेन्ट लागेर ‘कन्स्ट्रक्सन’ कर्मचारीको मृत्यु

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, साउन ०७, २०८२  | अपराह्न २:२३ बजे
Hamro Biratnagar Headlines

विराटनगर । मोरङको कटहरी गाउँपालिका–६ थलाहामा बिजुलीको तार जडान गर्ने क्रममा करेन्ट लाग्दा एक कर्मचारीको मृत्यु भएको छ।

मंगलबार राति ८ बजेतिर बद्री यादवको घरमा मिटर बक्स जडान गर्ने क्रममा भोजपुरका २६ वर्षीय सुभाष सार्कीलाई करेन्ट लागेको थियो। बिजुलीको पोलमा चढेर काम गरिरहेका बेला अचानक करेन्ट लागेपछि उनी पोलबाट खसेर गम्भीर घाइते भए। उपचारका लागि विराटनगरको न्युरो अस्पताल लगिए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

बिज्ञापन

सार्की प्रीति कन्स्ट्रक्सनमा कार्यरत थिए, जसले नेपाल विद्युत प्राधिकरणको टेण्डरमार्फत तार टांग्ने जिम्मेवारी पाएको थियो। विद्युत प्राधिकरणले पोल गाड्न, तार टांग्न, अपग्रेड गर्न र ट्रान्सफर्मर जडानका लागि टेण्डर आह्वान गरेकोमा प्रीति कन्स्ट्रक्सनले काम पाएको हो।

घटनाबारे थप अनुसन्धान भइरहेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी कोपिला चुँडालले जानकारी दिइन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka