नोट: यो समाचार १ वर्ष १ महिना अघिको हो
फाइल फाेटाे
काठमाडौँ नेकपा (एमाले)ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको सक्रिय राजनीतिमा फर्कन नदिने निर्णय गरेको छ।
ललितपुर च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा सम्पन्न दुईदिने केन्द्रीय कमिटी बैठकले भण्डारीलाई राजनीतिमा फर्किन रोक लगाउने निर्णय गरेको हो।
एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार अध्यक्ष केपी शर्मा ओलीले बैठकमा भण्डारीको सक्रिय राजनीतिमा नफर्कन आग्रह गर्दै सदस्यता नवीकरणसमेत नगर्ने प्रस्ताव अघि सारेका थिए।
उक्त प्रस्तावमा तीन नेताले असहमति जनाए पनि बहुमतले पारित गरिएको छ।
गौतमले भने, “पूर्वराष्ट्रपति राष्ट्रको अभिभावक, राष्ट्रिय एकताको प्रतीक हुन्। यस्ता व्यक्तिहरू राजनीतिक दलमा कार्यकर्ता वा नेता बन्नु संविधान, मर्म र भावना विपरीत हो भन्ने निष्कर्ष बैठकले निकालेको छ।”
