Premier Cables

राजनीति

एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलद्वारा अध्यक्ष पदमा उम्मेदवारी घोषणा

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, मंसिर ०९, २०८२  | साँझ ५:०९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेकपा (एमाले) भित्र नेतृत्वबारे तीव्र छलफल चलिरहेको बेला वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी अध्यक्ष पदका लागि आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्।

मंगलबार विज्ञप्तिमार्फत पोखरेलले अध्यक्ष पदमा प्रतिस्पर्धा गर्ने घोषणा गरेका हुन्। यसअघि नै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण र सार्वजनिक अभिव्यक्तिका कारण एमालेलाई केन्द्रमा राख्दै आइरहेको बहस थप चर्किएको थियो। पछिल्लो सचिवालय बैठकमै पोखरेलले आफू अध्यक्षमा उठ्ने आफ्नो निर्णय सार्वजनिक गरेका थिए ।

विज्ञापन

एमालेको एघारौँ महाधिवेशन मंसिरको अन्त्यतिर काठमाडौंमा हुने छ।

उम्मेदवारी घोषणा गर्दै पोखरेलले अध्यक्ष केपी शर्मा ओलीलाई आन्तरिक लोकतन्त्रको प्रतिबद्धता स्मरण गराउँदै नेतृत्व हस्तान्तरणमा सकारात्मक भूमिका खेल्ने अपेक्षा व्यक्त गरे। उनले भने, “आफैंले अघि सारेका आन्तरिक लोकतन्त्रका मान्यतालाई सम्मान गरी नेतृत्व हस्तान्तरणमा अध्यक्ष कमरेड ओली सक्रिय हुनुहुनेछ भन्ने विश्वास लिएको छु। अभिभावकीय भूमिकाबाट सहज निकासका लागि अध्यक्षलाई अनुरोध गर्दछु।”

पोखरेलले महाधिवेशनमा प्रस्तुत गर्ने राजनीतिक तथा सांगठनिक दृष्टिकोणसहितको विस्तारित दस्तावेज पनि छिट्टै सार्वजनिक गर्ने बताएका छन्।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka