Premier Cables
Premier Steel

कोशी प्रदेश विराटनगर

कोसी प्रदेशमा गाँजाको डरलाग्दो कारोबार, के गर्दैछ प्रहरी ?

नोट: यो समाचार ११ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, असार ३२, २०८२  | बिहान ९:५६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । जिल्ला प्रहरी कार्यालय तेह्रथुम र सामुदायिक प्रहरी सेवा केन्द्र, बसपार्क म्याङ्लुङको संयुक्त पहलमा म्याङ्लुङ नगरपालिका–१०, तुम्फुवा स्थित निजी तथा सार्वजनिक खाली जग्गामा प्राकृतिक रूपमा उम्रिएका करिब १५०० बोट गाँजा फडानी तथा नष्ट गरियो।

प्रहरी निरीक्षक रोशन कामतीको कमाण्डमा संचालन गरिएको उक्त अभियानमा स्थानीय सर्वसाधारण, जनप्रतिनिधिहरू तथा सञ्चारकर्मीहरूको समेत उपस्थिति रहेको थियो। गाँजा फडानी कार्य स्थानीय बासिन्दा र सरोकारवाला निकायसँगको समन्वयमा भएको हो । केही समय अघि उदयपुरमा समेत प्रहरीले यस्तै अभियान चलाएको थियो ।

बिज्ञापन

प्राकृतिक रूपमा उम्रिएको भए तापनि गाँजा जस्ता लागूऔषधजन्य बालीले समाजमा नकारात्मक असर पार्ने भएकाले समयमै नियन्त्रण गर्नुपर्ने आवश्यकता रहेको प्रहरी निरीक्षक कामतीले बताए। प्रहरीले लागूऔषधको प्रयोग तथा कारोबार नियन्त्रण गर्न विभिन्न सचेतनामूलक कार्यक्रमसँगै निगरानी तथा नियन्त्रणात्मक कारबाहीलाई तीव्र बनाइरहेको छ । तर कोसी प्रदेशमा अवैध ओसार पसारको परिमाण हरेक वर्ष बढेको देखिन्छ ।

गाँजाको ओसार पसार डरलाग्दो ढंगले बढेको तथ्याङ्कले नै देखाएको छ । प्रहरीले हरेक दिनजसो गाँजा बरामद गरिरहेको छ । केही दिनअघि मोरङको कटहरी र धनपालथानमा ठूलो परिमाणमा गाँजा बरामद भएको थियो । प्रहरीको तथ्यांकले अवैध ओसार पसारको परिमाण हरेक वर्ष बढेको देखिन्छ ।

कोसी प्रदेश प्रहरी कार्यालय विराटनगरका अनुसार नियन्त्रणका लागि निगरानी बढाइएको छ । योबाहेक गाँजा बोटमै नष्ट गर्ने अभियान समेत शुरु गरिएको छ ।

प्रदेश प्रहरी कार्यालयको तथ्याङ्कअनुसार कोसीमा चालु आर्थिक वर्ष २०८१/८२ मा २६ हजार ११७ केजी गाँजा बरामद भएको छ । गाँजा ओसार पसारमा संलग्न २६ महिला र २३५ जना पुरुष पक्राउ परेका छन् । गत आ.व. २०८०/८१ मा १० हजार ४२० केजी गाँजा बरामद भएको थियो । १३ जना महिला र १९६ जना पुरुष पक्राउ परेका थिए । आव २०७९/८० मा पाँच हजार ८१५ केजी गाँजा बरामद भएको थियो । त्यो वर्ष १२ महिला र १३२ जना पुरुष पक्राउ परेका थिए ।

कोसीमा अवैध रुपमा भारततर्फ गाँजा तस्करी हुने गरेको छ । झापा, मोरङ, सुनसरी र उदयपुरबाट बढी गाँजा लग्ने गरिएको छ । अन्य जिल्लामा समेत गाँजा बरामद हुँदै आएको छ । विशेष गरी तराईका जिल्लामा बोराका बोरा र गाडीका गाडी गाँजा फेला पर्ने गरेको छ । उखुबारीदेखि तरकारी बोक्ने गाडीसम्ममा गाँजा फेला पर्न थालेपछि निगरानी र चेकजाँच बढाइएको प्रहरीको भनाइ छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa