Premier Cables

शेयर बजार

नाफा बुक गर्दा सेयर बजारमा गिरावट,अधिकांश सूचक राताम्मै

Calendar सोमबार, असार ३०, २०८२  | अपराह्न ३:१६ बजे

काठमाडौं । सोमबार सेयर बजारमा गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले लचक मौद्रिक नीति सार्वजनिक गरेको दोस्रो कारोबार दिनमै नेप्से सूचकमा गिरावट आएको हो । सोमबार सूचक ३२ अंकले घटेर २७२८.८० विन्दुमा बन्द भएको छ । यस दिन ८ अर्ब १७ करोड रुपैयाँ भन्दा बढीको सेयर खरिदबिक्री भएको छ ।

छोटो समयमै नेप्से उच्च गतिमा बढेको बजारबाट सोमबार ट्रेडरहरुले नाफा गरेको विश्लेषण गरिएको छ । यसअघिका ११ दिनको कारोबारमा २ दिन मात्र नेप्से सूचकमा गिरावट आएको थियो । आइतबार पनि मौद्रिक नीतिबाट लगानीकर्ता उत्साहित हुँदा नेप्सेमा उच्च वृद्धि भएको थियो । जसको फाइदा कारोबारीहरुले उठाउँदा सोमबार नेप्सेमा बिक्री चाप देखिएको हो ।

बिज्ञापन

सेयर बजारमा एकोहोरो बढिरहने मात्र गर्दैन । बजारमा केही समयको वृद्धिपछि करेक्सन आउनुलाई सामान्य नै मानिन्छ । आगामी आर्थिक वर्षको मौद्रिक नीतिले सेयर बजारका लागि थप सकारात्मक वातावरण सिर्जना गरिदिएको छ । मौद्रिक नीतिमा भएका व्यवस्थाहरुले ब्याजदर थप सस्तो हुनेछ ।

यस्तै, वाणिज्य बैंकहरुको व्यवसाय र मुनाफा विस्तार गर्ने र लघुवित्तहरुको लाभांशमा लाग्दै आएको अंकुश हटाउने, सेयर धितो कर्जाको सीमा बढाउने लगायत सेयर बजारलाई सकारात्मक उर्जा दिने व्यवस्थाहरु समेटिएका छन् । जसको ढिलोचाँडो प्रभाव सेयर बजारमा पर्ने अनुमान गर्न सकिन्छ ।

यस दिन ३२१ कम्पनीको २ करोड ११ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । ४० करोड ८८ लाख रुपैयाँभन्दा बढीसहित कारोबार रकममा एनआरएन इन्फ्रास्ट्रक्चर अघि आएको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः बुटवल पावर कम्पनी र सानिमा बैंक रहेका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
Eastern College
aarya
Vianet
DPS
Web Surfer
ACS
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027