२०८२ बैशाख २४, बुधबार
Premier Cables
Hamro Biratnagar Calendar शनिबार, बैशाख २०, २०८२

नेपाल क्रिकेट संघ (क्यान)ले आईसीसी विश्वकप लिग- २ अन्तर्गत त्रिकोणात्मक एक दिवसीय सिरिज र टी-२० सिरिजका लागि दोस्रो चरणको बन्द प्रशिक्षणमा २५ खेलाडी बोलाएको छ ।

बिज्ञापन

आउँदो जेठ तेस्रो साता स्कटल्यान्डमा हुने सिरिजका लागि क्यानले ५३ खेलाडीबाट छानेर २५ खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएको हो । नेपालले लिग- २ अन्तर्गत स्कटल्यान्ड र नेदरल्यान्ड्ससँग ओडीआई र टी-२० सिरिज खेल्नेछ ।

बिज्ञापन

क्यानले ५३ खेलाडीलाई चार टोली बनाएर कोर क्याम्पसँगै अभ्यास खेल खेलाएको थियो । उक्त क्याम्पपछि क्यानले दोस्रो चरणको बन्द प्रशिक्षणका लागि २५ खेलाडी छनोट गरेको हो ।

उक्त टोलीमा पछिल्लो समय खराब लयमा रहेका कुशल मल्ल पर्न असफल भएका छन् । उनीसँगै राष्ट्रिय टोलीबाट खेलिसकेका विवेक यादव, सन्दीप जोरा, सागर ढकाल जस्ता खेलाडी पनि दोस्रो चरणको बन्द प्रशिक्षणमा पर्न सकेका छैनन् । युवराज खत्री, शुभ कंशाकार, किरण ठगुन्ना जस्ता युवा खेलाडी भने टोलीमा समेटिएका छन् ।

Aarya Hospital
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
Eastern College

विराटनगर

Advertisement