Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

गुजरातमा पुल भत्किँदा पाँच सवारी नदीमा खसे, नौ जनाको मृत्यु

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, असार २५, २०८२  | अपराह्न १:४३ बजे
Hamro Biratnagar Headlines

गुजरात । भारत गुजरात वडोदरा जिल्लास्थित पाड्रामा बुधबार बिहानको व्यस्त समयमा गम्भिरा पुलको एक भाग भत्किँदा पाँचवटा सवारी साधन महीसागर नदीमा खसेका छन् । घटनामा कम्तिमा नौ जनाको मृत्यु भएको छ।

अधिकारीहरूका अनुसार दुई ट्रक, एक एसयूभी, एक पिकअप भ्यान र एक अटोरिक्सा पुल भासिएर नदीमा खसेका थिए। एक ट्याङ्कर पुलबाट झुन्डिएको दृश्य सामाजिक सञ्जालमा भाइरल भएको थियो।

बिज्ञापन

वडोदरा ग्रामीण प्रहरी प्रमुख रोहन आनन्दले हिन्दुस्तान टाइम्सलाई बताएअनुसार अहिलेसम्म नौ जनाको शव फेला परिसकेको छ भने १० जनालाई उद्धार गरिएको छ। उद्धार र खोजी कार्य जारी रहेकाले मृतक संख्या अझै बढ्न सक्ने आशंका गरिएको छ।

वडोदरा जिल्ला प्रशासन, प्रहरी, दमकल टोली र स्थानवासीहरूले संयुक्त रूपमा उद्धारमा सहभागी भएका थिए। पाँच जनालाई तुरुन्तै उद्धार गरी अस्पताल पुर्‍याइएको थियो। नदीमा डुबेका सवारी साधनहरू निकाल्न क्रेन प्रयोग गरिएको थियो। एक अधिकारीका अनुसार पुलको जीर्ण अवस्था र मर्मतको अभावले दुर्घटना निम्त्याएको हुनसक्छ।

गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेलले घटनाबारे छानबिन गर्न निर्देशन दिएका छन् र प्राविधिक विज्ञहरूको टोलीलाई घटनास्थल पठाइएको छ। उनले सामाजिक सञ्जालमा लेख्दै भने, ‘मैले सडक तथा भवन विभागलाई तुरुन्तै घटनाको छानबिन गर्न निर्देशन दिएको छु ।’

डिजाईनका प्रमुख इन्जिनियर, दक्षिण गुजरातका प्रमुख इन्जिनियर र पुल निर्माणमा विशेषज्ञता राख्ने दुई निजी इन्जिनियरहरूलाई तुरुन्त घटनास्थल पुग्न, पुल भासिनुको कारणको छानबिन गर्न र प्राविधिक पक्षको प्रारम्भिक प्रतिवेदन पेश गर्न निर्देशन दिएको बताइएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka