Premier Cables
Premier Steel

कोशी प्रदेश राजनीति

कोसीका मुख्यमन्त्रीले भने ‘मन्त्री फिर्ता बोलाउनुस्,’ थापाको जवाफ : ‘सभापति देउवालाई सोध्नु पर्छ’

नोट: यो समाचार १ महिना अघिको हो

Calendar मंगलबार, असार २४, २०८२  | अपराह्न ३:१० बजे

विराटनगर । कोसी प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका मन्त्रीहरूलाई फिर्ता बोलाउन मुख्यमन्त्री हिक्मत कार्कीले कांग्रेस संसदीय दलका नेता उद्धव थापालाई आग्रह गरेका छन् । यो माग पार्टीभित्र तीव्र रूपमा उठिरहेको छ।

कार्यसम्पादनमा कमजोर देखिएको र लगातार विवादमा तानिँदै गएका मन्त्रीहरूलाई फिर्ता बोलाएर नयाँ अनुहार सरकारमा लैजानुपर्ने आवाज कांग्रेसभित्रैबाट उठ्न थालेको हो। तर, दलका नेता उद्धव थापाले आफूले चाहेर पनि यहाँबाट केही गर्न नसक्ने मुख्यमन्त्री कार्कीलाई जवाफ दिएका छन् ।

बिज्ञापन

उनले मन्त्री हटाउन सभापति शेरबहादुर देउवासँग सोध्नु पर्ने मुख्यमन्त्री कार्की समक्ष बताएका छन् । फिर्ता बोलाउनेबारे सभापति देउवासँग छलफल गर्ने विषयमा थापाले केही खुलाएका छैनन् ।

प्रदेश सरकारमा कांग्रेसबाट हाल चार जना मन्त्री छन् । भूपेन्द्र राई भौतिक तथा स्वास्थ्य मन्त्रालय, खगेनसिंह हाङ्गाम उद्योग, कृषि तथा सहकारी, सदानन्द मण्डल पर्यटन, वन तथा वातावरण र भूमिप्रसाद राजवंशी राज्यमन्त्री, भौतिक पूर्वाधार।

सिटौला समूहबाट भूपेन्द्र राई मन्त्री भएका छन् भने संस्थापन पक्षबाट खगेनसिंह हाङ्गाम र सदानन्द मण्डल सरकारमा छन्। कोइराला समूह भने सरकारमा प्रतिनिधित्वविहीन छ। यही गुटगत असन्तुलन, कार्यसम्पादनमा कमजोरी र बढ्दो विवादका कारण कांग्रेसभित्र आलोचना चर्किएको हो।

केन्द्रीय सदस्य भीम पराजुलीले पार्टी सरकारमा भए पनि प्रभावहीन देखिएको भन्दै मन्त्रीहरूलाई तत्काल फिर्ता बोलाउनुपर्ने धारणा पार्टी केन्द्रीय समिति बैठकमा पेश गरेका छन्।

उनले मन्त्रीहरूको काम कमजोर भएको, सुशासन प्रभावहीन बनेको, र विकास बजेट ‘गुटअनुसार भागबन्डा गरिएको’ आरोप लगाएका छन्।

विवादमा तानिए मन्त्रीहरू

मन्त्री खगेनसिंह हाङ्गाम बहालवाला डीएसपीको परिवारलाई धम्की दिएको र पछिल्लो समय पाथीभरा विकास समितिका अध्यक्षमाथि हातपात गरेको आरोपमा मुछिएका छन्। सचिव र महाशाखा प्रमुखलाई धम्क्याएको उनको कार्यशैलीप्रति पार्टीभित्रै चर्को आलोचना भइरहेको छ।

मन्त्री सदानन्द मण्डलमाथि कर्मचारी सरुवामा घुस मागेको आरोप लागेको छ। उनले क्यूआर कोडमार्फत रकम मागेको विषय सार्वजनिक भएपछि सांसद राजन किरातीले संसद्मै उनको राजीनामा माग गरेका छन्।

भूपेन्द्र राईमाथि आफ्नो गृहजिल्ला खोटाङमा मात्रै १ अर्ब रुपैयाँभन्दा बढीको बजेट केन्द्रित गरेको भन्दै दलभित्र असन्तुष्टि छ। मन्त्रिपरिषद्मा फेरबदल हुने संकेतसँगै पार्टीभित्र नयाँ अनुहार सरकारमा पठाउनुपर्ने आवाज बढेको छ।

पूर्वमेयर भीम पराजुली, प्रमुख सचेतक गोपाल तामाङ, पूर्वमन्त्रीहरू हिमाल कार्की र प्रदीप सुनुवार मन्त्री बन्ने दौडमा छन्। सिटौला समूहको नेतृत्वमा रहेका पराजुली र थापा नेतृत्वमा सरकार निर्माणका लागि लबिङमा जुटेका छन्।

यद्यपि अन्तिम निर्णय शीर्ष नेतृत्वको हातमा भए पनि कोसी सरकारभित्र कांग्रेसको भूमिकालाई लिएर बढ्दो असन्तोषले अब केही ठूला निर्णयको संकेत दिइरहेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
Advertisement
Bajaj Premier League

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka