Premier Cables
Premier Steel

राजनीति राष्ट्रिय

पूर्वराष्ट्रपति भण्डारी र मेयर बालेनबीच भेटवार्ता, के भयो कुराकानी ?

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, असार २२, २०८२  | साँझ ६:४३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । राजनीतिमा पुनः सक्रिय हुने घोषणा गरेपछि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले विभिन्न राजनीतिक भेटघाट तीव्र पारेकी छन्। यस्तैक्रममा उनले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) सँग भेटवार्ता गरेकी छन्।

मेयर बालेनले भण्डारीको निजी निवास भंगालामा पुगेर भेट गरेका छन्। मेयर बालेन निकट स्रोतका अनुसार भेटवार्ता एमालेका एक नेताको पहलमा तय भएको हो। भेटका क्रममा पूर्वराष्ट्रपति भण्डारीले काठमाडौं महानगरपालिकामा पछिल्लो समय देखिएको बजेटसम्बन्धी विवादप्रति चासो व्यक्त गरेकी थिइन्।

बिज्ञापन

भण्डारीले नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट नआउनुका कारणबारे जानकारी लिएको स्रोतले जनाएको छ। स्रोतका अनुसार उनले विशेषगरी बजेट नल्याउने परिस्थितिका बारेमा सोधपुछ गर्दा मेयर बालेनले आफूले भोगिरहेको असहजता स्पष्ट पारेका थिए।

महानगरमा कार्यपालिका बैठक नै बस्न नसकेको अवस्थाका कारण हालसम्म पनि बजेट सार्वजनिक गर्न सकिएको छैन। प्रमुख प्रशासकीय अधिकृत र कार्यपालिका सदस्यबीच सहमति जुट्न नसक्दा काम अघि बढ्न सकेको छैन। यही पृष्ठभूमिमा पूर्वराष्ट्रपति भण्डारीले चासो देखाएको बताइएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka