Premier Cables
Premier Steel

विराटनगर

विराटनगरमा मेगा ब्लड डोनेसन ड्राइभको तयारी

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar शनिबार, असार २१, २०८२  | साँझ ७:२३ बजे
Hamro Biratnagar Headlines

शविराटनगर । तेरापंथ युवक परिषद् विराटनगरद्वारा आयोजना गर्ने गरिएको मेगा ब्लड डोनेशन ड्राइभको ब्यानर आज एक विशेष समारोहबीच विमोचन गरिएको छ।

विश्वका ५० भन्दा बढी देशमा एकै साथ सञ्चालन हुने यस रक्तदान कार्यक्रम आगामी २०८२ असोज १ गते सम्पन्न हुने गरी बताइएको छ।

विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा ब्यानर विमोचन गरियो । आभियानप्रति पूर्ण समर्थन रहने कोइरालाले प्रतिबद्धता जनाए । उनले रक्तदानजस्तो मानवीय कार्य समाजका लागि अत्यन्त आवश्यक रहेको भन्दै अभियानको प्रशंसा गरे।

तेरापंथ युवक परिषद्ले असोज १ गते विराटनगरका ५ देखि ७ स्थानमा एकैदिन मेगा रक्तदान कार्यक्रम आयोजना गर्ने जनाएको छ ।‌

ब्यानर विमोचन समारोहमा परिषद्का अध्यक्ष अरिहन्त वैद्य, कार्यक्रम संयोजक एवं उपाध्यक्ष अमित धाडेवा, महासचिव समित सुराना, सल्लाहकार पंकज लुनिया, डा. दिपेन्द्र नौलखा, जैन श्वेताम्बर तेरापंथ सभाका अध्यक्ष सतिश दुगड, महासचिव सुरेन्द्र नौलखा, तेरापंथ महिला मण्डल अध्यक्ष मिलन नौलखा, तेरापंथ प्रोफेसनल फोरमका अध्यक्ष अमित सुराना, तथा परिषद् सदस्यहरू लगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो। परिषद्का उपाध्यक्ष अमित धाडेवाले धन्यवाद व्यक्त गरे ।

महासचिव समित सुरानाका अनुसार, “हाम्रो रक्त, हाम्रो लागि” भन्ने नारासहितको यो अभियान युवाहरुलाई सामाजिक उत्तरदायित्वमा सक्रिय बनाउँदै मानवसेवाको भावना प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको हो।

Oplus_16777216

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka