Premier Cables
प्रत्यक्ष प्रसारण LIVE

अन्तराष्ट्रिय

कतारमा र इराकका अमेरिकी सैन्य अड्डामा इरानी मिसाइल आक्रमण

Calendar मंगलबार, असार १०, २०८२  | बिहान ६:२३ बजे

काठमाडौं । इरानले कतार र इराकमा रहेका अमेरिकी सैन्य अड्डाहरूमा मिसाइल प्रहार गरेको छ । इरानको सरकारी सञ्चारमाध्यम तस्निमले कतार र इराकमा रहेका अमेरिकी सैन्य अड्डातर्फ क्षेप्यास्त्र प्रहार गरेको बताएको छ ।

यसअघि कतारमा विस्फोटको खबर आएको थियो । समाचार एजेन्सी रोयटर्स र एएफपीका रिपोर्टअनुसार कतारमा विस्फोटको आवाज सुनिएको छ ।

बिज्ञापन

कतार र इराकमा रहेका अमेरिकी अड्डाहरूविरुद्ध इरानको क्षेप्यास्त्र आक्रमणको कोड–नाम ‘ओ अबु अब्दुल्लाह’ राखिएको छ, जसको अर्थ ‘विजयको आशिर्वाद’ हो ।

एक वरिष्ठ अमेरिकी अधिकारीले बीबीसीलाई बताएअनुसार ह्वाइट हाउस र रक्षा मन्त्रालयले कतारमा रहेको अमेरिकी हवाई अड्डाहरूमा रहेको खतरा बुझेका छन् र स्थितिमाथि नजर राखिरहेका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
Hamrobiratnagar Ads
Eastern College
aarya
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
ACS

विराटनगर

हेर्नै पर्ने भिडियो