Premier Cables
Premier Steel

समाचार

आसामलाई पराजित गर्दै पुलिस एमएम कप क्रिकेटको फाइनल प्रवेश

नोट: यो समाचार ५ महिना अघिको हो

Calendar बिहिबार, बैशाख १८, २०८२  | अपराह्न ३:५० बजे

विराटनगर । एमएम कप फाउण्डेशनको आयोजनामा कोशी प्रदेशको राजधानी विराटनगरमा जारी तेस्रो संस्करणको मनमोहन स्मृति एकदिवसीय क्रिकेट प्रतियोगितामा विजयी हुँदै नेपाल पुलिस क्लव फाइनलमा प्रवेश गरेको छ ।

पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा विराटनगरको वैजनाथपुरस्थित गिरिजाप्रसाद कोइराला अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा विहिबार भएको समुह वि को अन्तिम लिग खेलमा पाहुना टोली भारतको आसाम क्रिकेट क्वललाई ६ विकेटले पराजित गर्दै पुलिस फाइनलमा प्रवेश गरेको छ ।
जित पछि समुह वि मा पुलिस, आसाम र घरेलु टाली कोशी प्रदेशले २ खेलमा १ मा जित र १ खेलमा पराजित हुँदै समान २–२ अंक जोडेको जियो । नेट रन रेटको आधारमा पुलिस फाइनलमा प्रवेश गरेको हो । यस अघि समुह ए बाट विभागिय टोली त्रिभुवन आर्मी क्ल्व फाइनलमा प्रवेश गरेको छ । फाइनल खेल शनिबार हुने छ ।
पाहुना टोली आसामले दिएको १ सय ५५ रनको चुनौती २८ ओभरमा जित्नु पर्ने दवावका विच मैदान प्रवेश गरेको पुलिसले २६ दशमलव १ बलमा ४ विकेट गुमाई जित हात पारेको थियो ।
टस जितेर ब्याटिङ थालेको आसामले निर्धारित ५० ओभरको खेलमा ४२ दशमलव २ बलमा सबै १ सय ५४ रनको स्कोर बनाएको थियो । आसामका राज विश्वाले ३३ रन बनाउँदा अरुण सोनारले ३१ रन, केभिन सन्जिव क्रिस्टोफरले २३ रन, हियेन कस्यपले १९ रन र कप्तान गोकुल शर्माले १० रनको योगदान दिए । पुलिसका श्रवण यादवले ३ विकेट लिँदा अिरुण ऐरीले पनि ३ विकेट लिए ।

बिज्ञापन

जवाफमा १ सय ५५ रनको लक्ष्य पाएको पुलिसले २६ दशमलव १ बलमा ४ विकेट लक्ष्य पार गरेका छ । पुलिसको जितमा प्लेयर अफ द म्याच कप्तान अमित श्रेष्ठले ७२ बलमा ३ छक्का र ५ चौका प्रहार गर्दै अविजित ७१ रन योगदान दिँदा शंकर रानाले ६७ बदमा ४ छक्का र ४ चौका प्रहार गर्दै अविजित ६३ रनको पारी खेले । एक समयमा पुलिस ६ दशमलव २ बलमा ४३ रनमा ४ विकेट गुमाइ नाजुक स्थितिमा रहेको वेला कप्तान अमित र शंकरले पाँचौ विकेटकालागि १ सय १९ बलमा अविजित १ सय १७ रनको ठोस साजेदारी गरेका थिए । आसामका कप्तान गोकुल शर्माले सर्वाधिक ३ विकेट लिए ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka