२०८२ बैशाख २१, आइतबार
Premier Cables
Hamro Biratnagar Calendar बिहिबार, बैशाख १८, २०८२

जसपा नेपालकी केन्द्रीय सदस्य डा. बबी सिंह यादवले डान्स गर्दै पड्काएको पेस्तोल सर्लाहीको मलंगवामा बरामद भएको छ । मलंगवा नगरपालिका-२का अन्जनी कुमारको घरबाट पेस्तोल बरामद गरिएको हो ।

बिज्ञापन

सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी सरोज राईले बरामद भएको पेस्तोल नक्कलीजस्तै देखिएको बताए ।

बिज्ञापन

उनले भने, ‘त्यो पेस्तोल बरामद गरेर ल्याएका छौं । खेलौनाजस्तै देखिएको छ । अनुसन्धान भइरहेको छ ।’

पेस्तोल भेटिएको घरका घरधनी अन्जनीलाई जिल्ला प्रहरी कार्यालयमा सोधपुछ भइरहेको राईले बताए । उनका अनुसार अन्जनीले वसन्त कुमारको छोरी कोमल सुप्रियाको हल्दी रेशममा बबीले त्यो पेस्तोल बोकेर डान्स गरेको बयान दिएका छन् ।

यता नेतृ डा. बबीलाई जिल्ला प्रहरी कार्यालय सप्तरीमा बोलाएर अनुसन्धान थालिएको छ । सप्तरीका प्रहरी प्रमुख एसपी ढकेन्द्र खतिवडाले नेतृ बबीसँग बयान लिएको र अहिले कागज गराउन लागेको बताए ।

DPS
Vianet
Web Surfer
Aarya Hospital
स्टोरिजमा समाचार
Pigeon Advertising

विराटनगर