Premier Cables
Premier Steel

समाचार

रङेली नगरपालिकामा निर्माणाधीन चौप्रहा सिमसारको काम रोकियाे, नगरपालिकाले थाल्यो छलफल

नोट: यो समाचार ९ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, असार ०५, २०८२  | अपराह्न ३:१७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

रङेली । रङेली नगरपालिकामा निर्माणाधीन चौप्रहा सिमसारको काम रोकिएको छ । वडा नं ४ र ६ को सिमानामा पर्ने नेमाटोल चौप्रहास्थित मंगलथानमा सिमसार निर्माण शुरु गरिएको थियो । तर, यसकार्यमा विवाद उत्पन्न भएको थियो । स्थानीय किसानले भोगचलन गर्दै आएको जमिनमा नगरपालिकाले डोजर चलाएपछि त्यसलाई रोक्न माग गर्दै स्थानीयले संघर्ष शुरु गरेका थिए ।

नगरपालिकाले सिमसार विस्तार गर्दै पर्यटन प्रवर्द्धन गर्ने लक्ष्यसहित दुई महिना अघि किसानहरूसँग सहमति गरेर काम अघि बढाइएको दाबी गरेको छ । तर, , किसानहरूले भोगचलन गर्दै आएको जमिनमा खेतीपाती भइरहेको भन्दै काम अघि नबढाउन चेतावनी दिएका थिए ।

बिज्ञापन

किसानहरूले धान रोप्ने बेलामा प्रशासनको बल प्रयोग गरी खेती नष्ट गरिएको र कुनै पूर्वसूचना नदिएको आरोप लगाएका छन्। नगरपालिकाले सिमसारका लागि तोकिएको क्षेत्रभन्दा बाहिर समेत काम गर्न खोजेको भन्दै किसानहरूले आक्रोश व्यक्त गरेका छन्।

विवाद समाधानका लागि बिहीवार रङेली नगरपालिकामा सर्वदलीय बैठक बोलाइएको छ। बैठकमा किसानका प्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, र नगरपालिकाका अधिकारीहरू सहभागी छन् ।

नगरपालिकाले सिमसार विस्तार परियोजनालाई पर्यटन विकासका लागि महत्वपूर्ण मान्दै आएको छ। तर, यसले स्थानीय किसानहरूको जमिन र खेती प्रणालीमा नकारात्मक असर पारेको भन्दै विवाद उत्पन्न भएको छ।
सर्वदलीय बैठकबाट विवाद समाधान र सन्तुलित उपायका लागि सहमति खोजिने नगरपालिकाले जनाएको छ।

*** समाप्त ***
eastern ad
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka