Premier Cables
Premier Steel

कोशी प्रदेश

कोसी प्रदेशको आगामी वर्षको बजेटमाथि आजदेखि छलफल

नोट: यो समाचार ८ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बिहिबार, असार ०५, २०८२  | बिहान ११:३९ बजे
Hamro Biratnagar Headlines

विराटनगर । कोसी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि प्रस्तुत गरेको बजेटमाथि आज (बिहीबार) प्रदेश सभामा छलफल सुरु हुने भएको छ।

प्रदेश सभाका कार्यवाहक सचिव गौतमराज अमात्यका अनुसार आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले आइतबार प्रदेश सभामा प्रस्तुत गरेको ३५ अर्ब ८७ करोड ९९ लाख रुपैयाँको बजेट माथि आजदेखि सामान्य छलफल सुरू हुनेछ।

बजेटअनुसार १८ अर्ब ६८ करोड ३३ लाख रुपैयाँ चालू खर्च, १७ अर्ब १० करोड ६५ लाख पूँजीगत खर्च, र १० करोड रुपैयाँ वित्तीय व्यवस्थापनतर्फ विनियोजन गरिएको छ। बजेट खर्चको स्रोत विवरणमा आन्तरिक राजस्वबाट ५ अर्ब ५० करोड, राजस्व बाँडफाँटबाट १२ अर्ब ३९ करोड ६० लाख र संघीय सरकारबाट प्राप्त हुने अनुदानमार्फत बाँकी रकम व्यवस्थापन हुने उल्लेख छ।

संघीय अनुदानतर्फ वित्तीय समानीकरण अनुदान रु. ८ अर्ब ९८ करोड ३४ लाख,सशर्त अनुदान रु. ४ अर्ब ५७ करोड १० लाख, समपुरक अनुदान रु. ४९ करोड १७ लाख र विशेष अनुदान रु. ५५ करोड ७२ लाख र रोयल्टी रु. ३५ करोड ६ लाख प्राप्त हुने कोसी सरकारको अनुमान छ ।

*** समाप्त ***
ACS
aarya
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka