Premier Cables
Premier Steel

खेलकुद

नयाँ प्रशिक्षक पाएसँगै चल्न थाल्यो नेपाली क्रिकेटको ब्याट !

नोट: यो समाचार ३ महिना अघिको हो

Calendar सोमबार, असार ०२, २०८२  | साँझ ६:०८ बजे

काठमाडौं । नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) पुरुष क्रिकेट विश्वकप लिग–२ को दोस्रो संस्करणमा स्कटल्यान्ड भ्रमणलाई ऐतिहासिक बनाउन सफल भएको छ। ‘गर या मर’ जस्तो दवावपूर्ण अवस्थाबाट उत्रिएको नेपाली टोलीले बलिया प्रतिस्पर्धीहरूलाई पराजित गर्दै आफ्नो सर्वश्रेष्ठ प्रदर्शन दिएको छ।

स्कटल्यान्डमा आयोजित चार खेलको सिरिजमा नेपालले तीन खेलमा विजय हासिल गर्‍यो भने एक खेलमा केवल २ रनले पराजित भयो। यो अभियान नेपाली टोलीका लागि आत्मविश्वास र सामूहिक प्रदर्शनको प्रतीक बन्यो।

बिज्ञापन

भ्रमणअघि नेपाल लिग–२ को आठ टोलीमध्ये सबैभन्दा तल पर्थ्यो। १२ खेलमा जम्मा २ जित र ६ अंक बटुलेको नेपाललाई आगामी प्रतियोगिताका लागि योग्य हुने सम्भावना नै टाढा देखिएको थियो। न त ब्याटिङमा निरन्तरता थियो, न बलिङमा धार।

तर, नयाँ मुख्य प्रशिक्षक स्टुअर्ट लको आगमनले आशा जगायो। अस्ट्रेलियाका पूर्व ब्याटिङ अलराउन्डर लले यसअघि श्रीलंका, वेस्ट इन्डिज, अफगानिस्तान, अमेरिका लगायत टोलीलाई प्रशिक्षण दिइसकेका थिए।

पहिलो खेलमै नेपालले आयोजक स्कटल्यान्डलाई एक विकेटले रोमाञ्चक जित दियो। २९६ रनको विशाल लक्ष्य पछ्याउने क्रममा कुशल भुर्तेल, भीम सार्की, गुल्सन झा र करण केसीले उल्लेखनीय प्रदर्शन गरे। करणले अविजित ६५ रन बनाएर खेल जिताए र प्लेयर अफ द म्याच बने।

दोस्रो खेलमा नेपालले नेदरल्यान्ड्सलाई ५ विकेटले हरायो। बलर सोमपाल कामी, सन्दीप लामिछाने, ललित राजवंशीले विकेट बटुले भने आरिफ शेखको ७८ रनको संयमित पारीले जीत पक्का गर्‍यो। चौथो खेलमा पनि नेपालले नेदरल्यान्ड्सलाई १६ रनले हरायो। यो खेलमा सन्दीपले तीन विकेट लिए भने आरिफ फेरि नायक बने।

तेस्रो खेलमा नेपाल स्कटल्यान्डसँग २ रनले पराजित भयो, तर हारभित्र पनि गौरव थियो। ३२३ रनको विशाल लक्ष्य पछ्याउँदै नेपालले ३२१ रन बनाए। भीम सार्की, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी र आरिफ शेखको अविश्वसनीय प्रदर्शनले दर्शकको मन जित्यो।

यो श्रृंखलामा नेपाली ब्याट्सम्यानको व्यवहारिक र संयमित प्रदर्शन देखियो। फ्रेन्चाइज क्रिकेटको शैली छाड्दै उनीहरूले लय, टिकाउपना र रणनीतिक ब्याटिङ प्रदर्शन गरे। अधिकांश खेलमा ४८–६२ प्रतिशत रन दौडेर बनाइएको थियो, जुन अघिल्ला खेलहरूसँग तुलना गर्दा उल्लेखनीय सुधार हो।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka