Premier Cables
Premier Steel

समाचार

कोसी सरकारले ल्यायाे रू. ३५ अर्ब ८७ करोडकाे बजेट (हेर्नुहाेस् पूर्णपाठ)

नोट: यो समाचार ३ महिना अघिको हो

Calendar आइतबार, असार ०१, २०८२  | साँझ ४:४५ बजे

विराटनगर । कोसी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि ३५ अर्ब ८७ करोड १९ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ। आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले शनिबार प्रदेश सभामा बजेट प्रस्तुत गरेका हुन्।

प्रस्तुत बजेटमध्ये १८ अर्ब ६७ करोड ३३ लाख रुपैयाँ (५२ प्रतिशत) चालु खर्चका लागि, १७ अर्ब १० करोड ६५ लाख (४७.७ प्रतिशत) पुँजीगत खर्चका लागि र १० करोड (०.३ प्रतिशत) वित्तीय व्यवस्थापनतर्फ विनियोजन गरिएको छ। यो चालु आर्थिक वर्षको विनियोजनभन्दा १.७ प्रतिशत र संशोधित अनुमानभन्दा १२ प्रतिशतले बढी हो।

बिज्ञापन

बजेटमा स्थानीय तहमा वित्तीय हस्तान्तरणको लागि ४ अर्ब ७० करोड ७२ लाख विनियोजन गरिएको छ। खर्च व्यहोरिनेस्रोतहरूमा आन्तरिक राजस्वबाट ५ अर्ब ५० करोड, राजस्व बाँडफाँडबाट १२ अर्ब ३९ करोड ६० लाख, संघीय सरकारबाट वित्तीय समानीकरण अनुदान ८ अर्ब ९८ करोड ३४ लाख, सशर्त अनुदान ४ अर्ब ५७ करोड १० लाख, समपूरक अनुदान ३९ करोड १७ लाख, र विशेष अनुदान ५५ करोड ७२ लाख गरी कुल ३२ अर्ब ७४ करोड ७९ लाख जुटाइनेछ। बाँकी ३ अर्ब १३ करोड रुपैयाँ भने मौज्दात रकमबाट व्यहोर्ने उल्लेख छ।

बजेटमा पूर्वाधार विकासलाई प्राथमिकता दिइएको छ, जसअन्तर्गत १० अर्ब ५७ करोड रुपैयाँ विनियोजन गरिएको छ। त्यसैगरी, खानेपानी, सिँचाइ तथा उर्जातर्फ ४ अर्ब ७३ करोड ३० लाख, कृषि र उद्योगमा २ अर्ब १८ करोड, पर्यटन, वन तथा वातावरणतर्फ २ अर्ब ९७ करोड ६६ लाख, शिक्षा, विज्ञान र सामाजिक क्षेत्रका लागि २ अर्ब ५ करोड ५५ लाख, स्वास्थ्यमा ३ अर्ब ५१ करोड ७१ लाख र शान्ति सुरक्षाका लागि ९६ करोड रुपैयाँ छुट्याइएको छ।

यो बजेटले कोसी प्रदेशको समग्र विकासमा टेवा पुर्‍याउने अपेक्षा गरिएको छ।

Koshi Budget 2082

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka