Premier Cables
Premier Steel

अर्थ

कोसी सरकारकाे बजेट आज, आकार रु. ३७ अर्ब

नोट: यो समाचार १ वर्ष अघिको हो

Hamro Biratnagar News Channel Calendar आइतबार, असार ०१, २०८२  | बिहान १०:१९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । कोसी प्रदेश सरकारले आइतबार(आज) आगामी आर्थिक वर्ष २०८२८३ को बजेट पेश गर्दैछ ।

अपरान्ह ३ बजेका लागि तय भएको प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले राजश्व र व्ययको वार्षिक अनुमान तथा आर्थिक विधेयक पेश गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिव गौतमराज अमात्यले जानकारी दिएका छन् । चालु आर्थिक वर्षका लागि कोसी सरकारले रु. ३६ अर्ब २४ करोड ३५ लाखको बजेट ल्याएको थियो ।

बिज्ञापन

प्रदेश सरकारले आगमी आर्थिक वर्षका लागि ल्याउने बजेट ३७ अर्ब हाराहारीको हुने मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताएका छन् । झापाको गौरदह शनिबार आयोजित एक कार्यक्रममा मुख्यमन्त्री कार्कीले प्रदेशको बजेट निरन्तर घट्ने क्रममा रहेकाले आगामी आर्थिक वर्षको बजेट ३७ अर्ब हाराहारीको हुने बताएका थिए । ‘अहिले हामीले तानतुन पारेर ३७ अर्ब जतिको बजेट तयार गरिरहेका छौँ,’ उनले भनेका थिए,‘वास्तविक श्रोतको अवस्था हेर्ने हो भने अहिले हामीसँग ३३ अर्ब बराबरको मात्र स्रोत छ।’

कोसी सरकारले संघीय सरकारबाट प्राप्त गर्ने अनुदान घट्दो क्रममा रहनु र आन्तरिक आयमा समेत संकुचन आउनुले बजेटको आकार बढाउन नसकिएको मुख्यमन्त्री कार्कीको भनाइ छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
eastern ad
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka & Sumit Thapa