Premier Cables
Premier Steel

अर्थ

कोसी सरकारकाे बजेट आज, आकार रु. ३७ अर्ब

नोट: यो समाचार ३ महिना अघिको हो

Calendar आइतबार, असार ०१, २०८२  | बिहान १०:१९ बजे

विराटनगर । कोसी प्रदेश सरकारले आइतबार(आज) आगामी आर्थिक वर्ष २०८२८३ को बजेट पेश गर्दैछ ।

अपरान्ह ३ बजेका लागि तय भएको प्रदेश सभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर मगरले राजश्व र व्ययको वार्षिक अनुमान तथा आर्थिक विधेयक पेश गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिव गौतमराज अमात्यले जानकारी दिएका छन् । चालु आर्थिक वर्षका लागि कोसी सरकारले रु. ३६ अर्ब २४ करोड ३५ लाखको बजेट ल्याएको थियो ।

बिज्ञापन

प्रदेश सरकारले आगमी आर्थिक वर्षका लागि ल्याउने बजेट ३७ अर्ब हाराहारीको हुने मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बताएका छन् । झापाको गौरदह शनिबार आयोजित एक कार्यक्रममा मुख्यमन्त्री कार्कीले प्रदेशको बजेट निरन्तर घट्ने क्रममा रहेकाले आगामी आर्थिक वर्षको बजेट ३७ अर्ब हाराहारीको हुने बताएका थिए । ‘अहिले हामीले तानतुन पारेर ३७ अर्ब जतिको बजेट तयार गरिरहेका छौँ,’ उनले भनेका थिए,‘वास्तविक श्रोतको अवस्था हेर्ने हो भने अहिले हामीसँग ३३ अर्ब बराबरको मात्र स्रोत छ।’

कोसी सरकारले संघीय सरकारबाट प्राप्त गर्ने अनुदान घट्दो क्रममा रहनु र आन्तरिक आयमा समेत संकुचन आउनुले बजेटको आकार बढाउन नसकिएको मुख्यमन्त्री कार्कीको भनाइ छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
पिन गरिएको समाचार
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka