Premier Cables
Premier Steel

मौसम

तीनवटा प्रदेशमा हुनेछ भारी वर्षा

नोट: यो समाचार ४ महिना अघिको हो

Calendar शुक्रबार, जेठ ३०, २०८२  | बिहान ६:५७ बजे

काठमाडौं । देशका विभिन्न स्थानमा आज वर्षाको सम्भावना रहेको छ । केही स्थाान बिहानैबाट वर्षा सुरु भएको छ ।

पछिल्लो एक घण्टामा लमजुङ जिल्लास्थित राइनास्टार वर्षामापन केन्द्रलगायत आसपासका स्थानमा मध्यम वर्षा मापन भएको छ ।

बिज्ञापन

सो क्षेत्र भएर बहने ससाना नदीमा जलसतह केही बढ्ने भएकाले आसपासका क्षेत्रमा सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागले आग्रह गरेको छ ।

विभागका अनुसार दिउँसो देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ । कोसी, वाग्मती र गण्डकी प्रदेशका केही स्थानहरू तथा देशका बाँकी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना छ ।

कोसी, वाग्मती र गण्डकी प्रदेशका उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थान तथा बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

विभागले राति देशभर आंशिकदेखि साधारणतया बदली रहने बताएको छ । कोसी, मधेस, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशलगायत देशका पहाडी भूभागका थोरै स्थान र बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

कोसी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना रहेको विभागले बताएको छ ।

हाल कोसी, मधेस, वाग्मती, गण्डकी प्रदेशका केही भूभाग र लुम्बिनी प्रदेशका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव रहेको छ । देशको पश्चिम भूभागमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka