Premier Cables
Premier Steel

मौसम विराटनगर समाचार

विराटनगरमा सबैभन्दा बढी वर्षा

नोट: यो समाचार ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, साउन २०, २०८३  | बिहान ११:०७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर | देशका विभिन्न भागमा स्थापना भएका वर्षा मापन केन्द्रमध्ये सबैभन्दा बढी वर्षा मोरङको विराटनगर विमानस्थल केन्द्रमा मापन गरिएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यही साउन १८ गते बिहान ८ः४५ देखि साउन १९ गते बिहान ८ः४५ बजेसम्म ४३७ वर्षा मापन केन्द्रमा अभिलेखीकरण भएको विवरणमध्ये ३६५ केन्द्रमा वर्षा भएको र मोरङको विराटनगर विमानस्थल केन्द्रमा सबैभन्दा बढी १५१.६ मिलिमिटर वर्षा अभिलेख गरिएको हो ।

विज्ञापन

सोही अवधिमा देशभरका ८७ केन्द्रबाट तापक्रमको विवरण सङ्कलन गरिएको प्राधिकरणले जनाएको छ । न्यूनतम तापक्रम रुपन्देहीको तौलिहवामा २९.१ डिग्री सेल्सियस र अधिकतम तापक्रम सिराहाको लहानमा ३७.२ डिग्री सेल्सियस मापन गरिएको छ । सबैभन्दा कम न्यूनतम तापक्रम मुस्ताङको थाकमार्फामा ९.५ डिग्री सेल्सियस तथा सबैभन्दा कम अधिकतम तापक्रम सोलुखुम्बुको लुक्लामा १६.१ डिग्री सेल्सियसअभिलेख भएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka