Premier Cables

विराटनगर

एमाले नेता बालेश्वर कामतविरुद्ध मोरङ अदालतमा चारवटा मुद्दा, छोरी मेरो होइन भनेपछि लफडा !

नोट: यो समाचार १ वर्ष ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar बुधबार, जेठ २८, २०८२  | बिहान ९:४७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । नेकपा एमाले कोसी प्रदेश कमिटी सदस्य बालेश्वर कामतविरुद्ध मोरङ जिल्ला अदालतमा उनकी श्रीमती नम्रता काफ्लेले चारवटा मुद्दा दायर गरेकी छन्।

विराटनगर–८ मधुमाराका ४१ वर्षीय कामतविरुद्ध ४० वर्षीया काफ्लेले सम्बन्धविच्छेद, अंशबन्डा, घरेलु हिंसा र गालीबेइज्जतीसम्बन्धी मुद्दा अदालतमा पेश गरेकी हुन्।

विज्ञापन

मोरङ जिल्ला अदालतका सूचना अधिकारी हेमबहादुर बुढाथोकीका अनुसार नम्रताले मुलुकी देवानी संहिता २०७४ अन्तर्गत मुद्दा दर्ता गरेकी हुन्। सुरुमा असार ५ गते अंश र सम्बन्धविच्छेदको, त्यसपछि असोज ७ मा मानाचामल, फागुन २४ मा घरेलु हिंसासम्बन्धी र पछिल्लो पटक गालीबेइज्जतीसम्बन्धी मुद्दा दर्ता गरिएकी हो।

नम्रताको फिरादपत्र अनुसार उनीहरूबीच २०६१ साल साउन १३ गते अन्तरजातीय प्रेम विवाह भएको थियो। विवाहपछिका केही वर्षमा नै श्रीमानबाट मानसिक र शारीरिक यातना सुरु भएको, छोराछोरीमाथि कुटपिट भएको, चाडपर्वमा माइती जान नपाउने, मोबाइल खोस्ने, बाहिर निस्कन नदिने र परिवारसँग सम्पर्क गर्नसमेत रोक लगाउनेजस्ता व्यवहार गरेको आरोप उनले लगाएकी छन्।

नम्रताले आरोप लगाएकी छन् कि २०८० साल भदौ २९ गते तीजको दिन भाइ लिन आएको बेला बालेश्वरले गालीगलौज गर्दै ज्यान मार्ने धम्की दिए। असोज ३ गते उनी माइती पुगेपछि फागुन १७ गते विराटनगर–१ मा सार्वजनिक स्थलमै कामतले निर्घात कुटपिट गरेको दाबी पनि उनले गरेकी छन्।

श्रीमतीको मुद्दा दर्तापछि बालेश्वर कामतले भने नम्रता र १७ वर्षीया जेठी छोरीविरुद्ध जालसाजीको आरोप लगाउँदै मुद्दा दर्ता गरेका छन्। उनले छोरी आफूबाट जन्मिएकी नभई श्रीमतीको अवैध सम्बन्धबाट जन्मिएको दाबी गरेका छन्। यद्यपि अन्य दुई सन्तानबारे भने उनले कुनै मुद्दा दर्ता गरेका छैनन्।

बालेश्वरको बारम्बारको धम्की र मानसिक यातनाका कारण नम्रता अहिले माइतीमा बस्दै आएकी छन्। पारिवारिक स्रोतका अनुसार उनी फोन प्रयोग नगर्ने र सामाजिक सञ्जालबाट टाढा रहने अवस्था आएको छ। अदालतमा पेशीका क्रममा समेत उनले धम्की पाएको पीडित पक्षको भनाइ छ।

पाँचवटै मुद्दा हाल मोरङ जिल्ला अदालतमा विचाराधीन छन्। वादी र प्रतिवादीलाई आगामी जेठ ३० गते पेशीका लागि तारेख तोकिएको छ।

माओवादी जनयुद्धमा सहभागी रहेका कामत पछि नेकपा एमालेमा प्रवेश गरेका थिए। उनीहरूको विवाह माओवादी आन्दोलनकै समयमा भएको हो। अहिलेको कानुनी विवादले कामतको राजनीतिक छविमा गम्भीर असर पार्न सक्ने संकेत देखिएको छ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka