Premier Cables

अन्तराष्ट्रिय

अमेरिकाले कस्ता नेपालीलाई धमाधम फकाई रहेको छ ? हालसम्म कति पुग्यो संख्या ?

चालचलन राम्रो नभएकाहरु टार्गेटमा

Calendar सोमबार, जेठ २६, २०८२  | बिहान ९:५५ बजे

विराटनगर । पछिल्लो पटक ३७ जना नेपालीलाई अ‍ेमेरिकी विमानले काठमाडौको त्रिभुवन विमानस्थल ल्याएर छाडिदिएको छ । अमेरिकाले त्यहाँ बस्ने सबै नेपालीलाई फर्काउने हो त ? पक्कै होइन । उसो भए कस्तालाई धमाधम नेपाल फर्काइँदै छ ?

राष्ट्रपति डोनाल्ड ट्रम्पले दोस्रो पटक सत्ता सम्हालेपछि अमेरिकी सरकारले आप्रवासी नीतिमा कडाइ गरेको हो । २१ देशका नागरिकलाई त अमेरिका नै प्रवेश गर्न नदिने नीति लिएको अमेरिकाले नेपालसहित विभिन्न देशका मानिसलाई धमाधम फर्काइ रहेको छ ।

बिज्ञापन

अमेरिकी सरकारको सोही नीति अनुसार नेपालीहरुलाई पनि डिपोर्ट गर्दै आएको छ ।

सन् २०२५ को जनवरी महिनाको २० तारिकदेखि मे महिनाको अवधिमसम्म १४० जना नेपालीलाई डिपोर्ट गरिसकेको छ । तर, यो संख्या बढ्दो क्रममा रहेको छ । जनवरीमा ६, फेब्रुअरीमा २०, मार्चमा ३०, अप्रिलमा २६ र मे महिनामा ५८ जना नेपाली अमेरिकाबाट डिपोर्ट भएको अध्यागमन विभागको तथ्यांक छ ।

डिपोर्ट हुनेहरूमा दलाललाई मोटो रकम बुझाएर अवैध रुपमा अमेरिका प्रवेश गर्नेहरु धेरै छन् । अमेरिकाबाट सन् २०२१ मा ३५, सन् २०२२ मा २२, सन् २०२३ मा २४ र सन् २०२४ मा ५२ जना नेपाली डिपोर्ट भएको अध्यागमन विभागको तथ्यांक छ ।

डिपोर्ट भएकाहरूलाई मानव बेचबिखन नियन्त्रण ब्युरोले सामान्य सोधपुछ गरेर घर जान दिने गरेको छ । दलालविरुद्ध कसैले उजुरी दिएमात्र अनुसन्धान प्रक्रिया सुरु हुने गरेको छ ।

भिसा प्रक्रिया पूरा नगरेका, भिसा अवधिभन्दा बढी समय बसेका र चालचलन राम्रो नभएकाहरुलाई अमेरिकाले नियन्त्रणमा लिएर उनीहरूकै देश फर्काइरहेको छ । पछिल्लो पटक ३२ पुरुष र ५ महिला गरी ३७ जना नेपाली फर्किएका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
Hamrobiratnagar Ads
Aarya Hospital
Vianet
DPS
Web Surfer
स्टोरिजमा समाचार
Eastern College

विराटनगर

ACS
हेर्नै पर्ने भिडियो