Premier Cables

विराटनगर

प्रेम सम्बन्धमा थिइन् विराटनगरकी ईशा, घरमै बेलाएर परिवारले नै पेट्रोल छर्केर आगो लगाइ हत्या गरे

आराेपित ६ वर्षपछि पक्राउ परेका छन्

Calendar आइतबार, जेठ २५, २०८२  | राती ८:४१ बजे

विराटनगर । पाप धुरीबाट कराउँछ भन्ने एउटा उक्ति विराटनगरमा एक व्यक्तिको हत्या सम्बन्धी घटनामा पनि सार्थक बनेको छ । परिवारै मिलेर युवतीको क्रूरतापूर्वक हत्या गर्ने अभियुक्तलाई प्रहरीले ६ वर्षपछि पक्राउ गरेको छ ।

हत्यामा आरोपित विराटनगर महानगरपालिका–१६ का ५५ वर्षीय एसराज लामा ६ वर्षपछि प्रहरीको फन्दामा परेका हुन । उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङले पुष्टि गरेको छ । प्रहरी प्रवक्ता डीएसपी कोपिला चुँडालअनुसार झापाको अर्जुनधारा नगरपालिका–११ घर भइ विराटनगर–१६ मा डेरा बस्दै आएकी २१ वर्षीया ईशा योगी शेर्पाको ६ वर्षअघि हत्या भएको थियो । त्यो घटनामा एसराज लामाको संलग्ना थियो । उनी लुकिलुकी हिंड्थे तर अन्ततः प्रहरीले पक्राउ गर्न सफल भएको हो ।

बिज्ञापन

भाडाको कोठामा बसेर पसलमा काम गर्थिन इशा । उनको एसराजका छोरा २१ वर्षीय रेम्बो भनिने रुद्रराज लामासँग प्रेम सम्बन्ध थियो । रुद्रराजले घरमा बोलाए । अनि घरपरिवार नै मिलेर शरीरमा पेट्रोल छर्किएर आगो लगाई दिए । यो घटना २०७६ वैशाख ८ गतेको हो । आगो लगाई घाइते बनाएको र पछि उपचारको क्रममा इशाको मृत्यु भएको प्रहरी अनुसन्धानबाटै खुलेको थियो ।

गम्भीर घाइते ईशाको उपचारका क्रममा कीर्तिपुर अस्पतालमा मृत्यु भएको थियो । घटनापछि रुद्रराज, उनका बुवा एसराज र आमा फरार थिए । प्रहरीले २०७६ जेठ १३ गते कर्तव्य ज्यान मुद्दा दर्ता गरेको थियो । तर, पक्राउ परेका थिएनन् ।

फरार रहेकामध्ये एसराज पक्राउ परेका हुन् । रुद्रराज र आमा भने हालसम्म फरार छन् । युवतीको हत्यापछि रुद्रराज विदेश पुगेका छन् । यो जानकारी प्रहरी समक्ष पनि आएको छ । इन्टरपोलको सहयोगमा नेपाल झिकाउने तयारी गरिएको छ । आमा कहाँ छिन् भन्ने खुलेको छैन । तर, उनका बुवा एसराजलाई भने शनिबार घरबाटै पक्राउ गरिएको डीएसपी चुँडालले बताइन् ।

उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन अदालतबाट आइतबार म्याद थप गरेर अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
Hamrobiratnagar Ads
Aarya Hospital
Vianet
DPS
Web Surfer

हराएको र भेटिएको सूचना

Lost and Found Notice

बाइक हराएको सूचना

बाइक हराएको सूचना

✔ Resolved
बालिका हराएको सूचना

बालिका हराएको सूचना

राहदानी हराएको सूचना

राहदानी हराएको सूचना

स्टोरिजमा समाचार
Eastern College

विराटनगर

ACS
हेर्नै पर्ने भिडियो