Premier Cables
Premier Steel

कोशी प्रदेश

कोसीका विभिन्न ठाउँबाट लागू औषध सहित ६ जना पक्राउ

नोट: यो समाचार ५ महिना अघिको हो

Calendar आइतबार, जेठ २५, २०८२  | अपराह्न २:३० बजे

बविराटनग ।‌ सुनसरी र ताप्लेजुङबाट लागू औषध सहित ६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

जेठ २४ गते प्रहरी चौकी नरसिंहटप्पु सुनसरीबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा ईटहरी-१७ का २९ को अबिनाश चौधरीलाई ३५ ग्राम ११० मिलिग्राम ब्राउन सुगर र इलाका प्रहरी कार्यालय इटहरीले इटहरी-६ बाट सोहि स्थानका २९ बर्षीय सन्तोष श्रेष्ठ र २९ बर्षीय जिवन बुढाथोकीलाई ९२ एम्पुल लागू औषध सहित नियन्त्रणमा लिएको हो ।

बिज्ञापन

इलाका प्रहरी कार्यालय महेन्द्रनगरले १९ किलोग्राम गाँजा सहित प्रदेश १-०२-०५१ प ४८२३ नम्बरको मोटरसाईकल चालक धनकुटा- ९ का २१ बर्षीय लक्ष्मण माझीलाई बराहक्षेत्र-१ बाट पक्राउ गरेको छ ।

त्यस्तै ताप्लेजुङको फुङलिङ नगरपालिका- ७ घर भई हाल फुङलिङ- ६ स्थित डेरा गरी बस्दै आएका २६ बर्षीय सुजन तामाङलाई ७ ग्राम ३० मिलिग्राम ब्राउन सुगर र डिजिटल तराजु १ थान सहित उनकै कोठाबाट र बेचबिखानमा संलग्न भारत दार्जलिङका २३ बर्षीय नितेन वर्मनलाई फुङलिङ-२ बाट जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले नियन्त्रणमा लिएको छ । पक्राउ परेका उनिहरुको थप अनुसन्धान भईरहेको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka