Premier Cables
Premier Steel

कोशी प्रदेश

झापामा फैलियो अफ्रिकन स्वाइन फ्लू, ८० वटा बंगुर मरे

नोट: यो समाचार ३ महिना अघिको हो

Calendar आइतबार, जेठ २५, २०८२  | अपराह्न २:२० बजे

बिर्तामोड । झापाको मेचीनगर नगरपालिकाको घरपालुवा पशुहरूमा ‘अफ्रिकन स्वाइन फ्लू’ र ‘लम्पी स्किन’ संक्रमण देखिएको छ । संक्रमणबाट हालसम्म ८० सुँगुर मरिसकेका छन् ।

मेचीनगरको वडा २, ३, ७, ८, ९ र १४ मा ‘लम्पी स्किन’ र वडा नं ६ को बङ्गुर फार्ममा ‘अफ्रिकन स्वाइन फ्लू’ पुष्टि भएको हो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अग्निप्रसाद अधिकारीले संक्रमित क्षेत्रमा नियन्त्रणको काम थालिएको बताए ।

बिज्ञापन

पशु सेवा शाखाका प्राविधिक छत्र राईका अनुसार गाई र बाच्छीहरूमा ‘लम्पी स्किन’ को संक्रमण देखिएको छ ‌‌किसानको गोठमै पुगेर प्राविधिक टोलीले उपचार सुरु गरेको छ ।

यसैगरी मेचीनगर- ६ स्थित बबिता बङ्गुर फार्ममा ‘अफ्रिकन स्वाइन फ्लू’का कारण ८० बङ्गुर मरेका छन् । पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा गरिएको परीषणबाट मरेका बङ्गुरमा ‘अफ्रिकन स्वाइन फ्लू’ पुष्टि भएको पशु सेवा शाखाका प्रमुख विक्रम गुरुङले बताए ।

फार्मकी सञ्चालक बबिता गहतराजले जेठभरिमा ८० वटा बङ्गुर एकाएक मर्दा ठूलो क्षति भएको बताइन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Rathi Cable
Bagmati homepage
Hamrobiratnagar
Pigeon Advertising
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
Pigeon Advertising Biratnagar
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka