Premier Cables
Premier Steel

विराटनगर

जोगबनीमा चार दशकदेखि जुवाको अड्डा, दैनिक लाखौँको हारजितमा नेपालीहरू बर्बाद

Hamro Biratnagar News Channel Calendar आइतबार, मंसिर १३, २०८३  | बिहान ११:२७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगरसँग सीमा जोडिएको भारतीय बजार जोगबनीमा वर्षौंदेखि सञ्चालन हुँदै आएको जुवाको अड्डामा नेपालीहरू ठूलो रकम गुमाइरहेका छन् । दैनिक उपभोग्य सामग्री किन्न जाने नेपालीको भीड लाग्ने जोगबनीको रामसागर मार्केटमा रहेको जुवाखालमा दैनिक ३० देखि ५० जनासम्म नेपाली पुग्ने गरेको पाइएको छ ।

रामसागर मार्केटको छैटौँ र सातौँ तलामा सञ्चालन हुँदै आएको उक्त जुवाखालमा खेल्नेहरू सबै नेपाली रहेको स्रोतको दाबी छ । करिब ३५ देखि ४० वर्षअघि रामसागर रायले आफ्नै भवनमा सुरु गरेको यो अड्डा उनको मृत्युपछि छोरा भीम राय र काका राजु रायले सञ्चालन गरिरहेको बताइएको छ ।

विज्ञापन

साँझ ५ देखि ६ बजेतिर सुरु हुने जुवा रातभर चल्ने गरेको छ । विराटनगरका साथै झापा, इटहरी, धरान, लहान र बर्दिवाससम्मका व्यवसायी तथा आर्थिक रूपमा सम्पन्न व्यक्तिहरू जुवा खेल्न त्यहाँ पुग्ने गरेका छन् ।

जुवामा दैनिक १० देखि २० लाख रुपैयाँसम्मको कारोबार हुने र ठूला खेलाडी सहभागी भएको दिन करोडौँ रुपैयाँको हारजित हुने गरेको खेलाडीहरूको भनाइ छ । पहिले नगद बोकेर जुवा खेल्न जानेहरू अहिले मोबाइलमार्फत क्यूआर भुक्तानी गरेर रकम गुमाउने गरेका छन् ।

जितेको पैसा लिएर फर्कनसमेत कठिन

जुवाखालमा ठूलो रकम जित्ने नेपालीलाई सहजै फर्कन नदिने गरेको स्रोतले जनाएको छ । जितेपछि रातभर खेल्न आग्रह गर्ने, मदिरा खुवाउने र जितेको रकम पुनः जुवामै लगाउन दबाब दिने गरिएको बताइएको छ ।

त्यहाँ हतियार देखाएर त्रास फैलाउने, गालीगलौज गर्ने र नेपाली खेलाडीमाथि कुटपिटसमेत हुने गरेको प्रत्यक्षदर्शीको दाबी छ । कतिपय खेलाडी कुटाइ खाएर केही दिन नजाने भन्दै फर्किए पनि जुवाको लतका कारण पुनः त्यहीँ पुग्ने गरेका छन् ।

जुवाको अड्डामा २५ देखि ३० वर्ष बिताएका ७० वर्षभन्दा माथिका एक वृद्धको अनुभव झनै पीडादायी छ । युवावस्थामा साथीभाइको लहैलहैमा जुवा खेल्न पुगेका उनले सुरुमा दैनिक ५ हजारदेखि १२ हजार रुपैयाँसम्म कमाउने गरेका थिए । तर अहिले उनी रित्तो हात छन् ।

उनका अनुसार जुवामा एक दिन जिते पनि त्यसपछि लगातार हार्ने क्रम चल्छ । जितेको रकम मदिरा र रमाइलोमा खर्च हुने गरे पनि हार्दा सहयोग गर्ने कोही नहुने उनको अनुभव छ । अहिले जुवा छाडेका उनी अरू नेपाली आफ्नो जस्तै अवस्थामा नपुगून् भन्ने चाहन्छन् ।

तर, सञ्चालकहरूको डरका कारण उनले आफ्नो नाम सार्वजनिक गर्नसमेत मानेका छैनन् । जुवाको लत लागेपछि बिहानदेखि नै तास खेल्ने र दिउँसो भएपछि जोगबनी जाने चाहना बढ्ने गरेको अर्का खेलाडी बताउँछन् ।

सीमा निगरानी बढाउन सुझाव

जुवा खेलेर फर्कनेहरू राति ९ देखि १० बजेतिर वा कतिपय अवस्थामा बिहान ३ देखि ४ बजेसम्म भारतबाट आउने रेलका यात्रुको भीडमा मिसिएर नेपाल प्रवेश गर्ने गरेको बताइएको छ ।

भारतीय भूमिमा सञ्चालन भइरहेको जुवाखाललाई नेपालको कानुनले प्रत्यक्ष रूपमा बन्द गराउन कठिन भए पनि सीमा नाकामा निगरानी र चेकजाँच बढाएर नेपालीको आवागमन तथा ठूलो रकम ओसारपसारमा निगरानी गर्न सकिने जानकारहरूको सुझाव छ ।

साँझको समयमा ठूलो रकम बोकेर जोगबनी जाने र राति फर्कनेहरूमाथि सीमा क्षेत्रमा कडाइका साथ निगरानी गर्न सके जुवाको कारोबार नियन्त्रणमा सहयोग पुग्ने उनीहरूको भनाइ छ ।

वर्षौँदेखि सञ्चालन भइरहेको भनिएको यस्तो जुवाखालले पूर्वी नेपालका नेपालीलाई आर्थिक रूपमा बर्बाद बनाइरहेको भन्दै यसको नियन्त्रणका लागि नेपाल र भारतका सम्बन्धित निकायबीच समन्वय आवश्यक देखिएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

अयोध्या-जनकपुर रेलसेवाले पर्यटनको नयाँ ढोका खोल्यो, पर्यटक टिकाइराख्नु मुख्य चुनौती

Clock Iconआइतबार, मंसिर १३, २०८३

फरक स्वाद, फरक उर्जा : पाँच नयाँ फ्लेभर सहित एक्स्ट्रिम बजारमा

Clock Iconबिहिबार, मंसिर १०, २०८३

बालेन सरकारको नयाँ कदम: कर प्रणाली सुधार्न ६३ ऐन संशोधन, करदातालाई राहतदेखि लगानीकर्तालाई सुविधा

Clock Iconबिहिबार, मंसिर १०, २०८३

विदेशी लगानी भित्र्याउने तयारीमा विराटनगर जुट मिल्स, ३५ वर्ष सञ्चालनको जिम्मा दिन प्रस्ताव आह्वान

Clock Iconबुधबार, मंसिर ०९, २०८३

भारतमा नेपालीले क्यूआरबाट भुक्तानी गर्न अझै अनिश्चित, कहाँ अड्कियो सहमति ?

Clock Iconबुधबार, मंसिर ०९, २०८३

विराट एक्स्पो २०२६-एउटै छानामुनि उद्योगदेखि रोजगारीसम्मका अवसर

Clock Iconमंगलबार, मंसिर ०८, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka