Premier Cables
Premier Steel

समाचार

साउदी अरबको पीआईएफ टावरमा पुनः आक्रमण, नेपालीसहित ११ जना घाइते

Hamro Biratnagar News Channel Calendar बुधबार, मंसिर ०९, २०८३  | अपराह्न १२:३५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । साउदी अरबको राजधानी रियादस्थित पब्लिक इन्भेस्टमेन्ट फन्ड (पीआईएफ) टावरमा भएको आक्रमणमा नेपालीसहित ११ जना घाइते भएका छन्।

साउदी नागरिक सुरक्षा निकायका अनुसार घाइते हुनेमा नेपाल, भारत, साउदी अरब र इजिप्टका नागरिक छन्। घाइतेहरूको उपचार भइरहेको भए पनि उनीहरूको विस्तृत विवरण सार्वजनिक गरिएको छैन।

विज्ञापन

रियादको किङ अब्दुल्लाह फाइनान्सियल डिस्ट्रिक्टमा रहेको ८० तले उक्त भवनमा केही दिनको अन्तरालमा दोस्रोपटक आक्रमण भएको हो। यस भवनमा साउदी अरबको सार्वभौम सम्पत्ति कोषको मुख्यालय रहेको छ।

यमनका हुथी विद्रोहीविरुद्ध लडिरहेको साउदी नेतृत्वको सैन्य गठबन्धनले घटनालाई आतंकवादी हमला भनेको छ।

समाचार एजेन्सी एएफपीका अनुसार घाइतेमध्ये कम्तीमा दुई जनाको अवस्था गम्भीर रहेको बताइएको छ।

स्रोत : च्यानल न्युज एसिया (सीएनए)

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka