Premier Cables
Premier Steel

अर्थ

भारतबाट नेपाललाई २ खर्ब ४० अर्ब भारु सहयोग घोषणा, कुन क्षेत्रमा खर्च होला ?

Hamro Biratnagar News Channel Calendar सोमबार, मंसिर ०७, २०८३  | अपराह्न २:१८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

नयाँदिल्ली । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को भारत भ्रमणका क्रममा भारतले नेपाललाई २ खर्ब ४० अर्ब भारु आर्थिक सहयोग दिने घोषणा गरेको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार नयाँदिल्लीमा प्रधानमन्त्री बालेनसँगको भेटपछि आयोजित संयुक्त पत्रकार सम्मेलनमार्फत यस्तो घोषणा गरेका हुन्।

नेपालले भारतसँग २ खर्ब भारु आर्थिक सहयोग माग गरेको थियो। जसमा १ खर्ब भारु सहुलियतपूर्ण ऋण अर्थात् लाइन अफ क्रेडिट र अर्को १ खर्ब भारु अनुदानका रूपमा उपलब्ध गराउन प्रस्ताव गरिएको थियो। तर भारतले नेपालले माग गरेकोभन्दा ४० अर्ब भारु बढी सहयोग घोषणा गरेको छ।

विज्ञापन

नेपालले माग गरेको १ खर्ब भारु अनुदानमध्ये ५० अर्ब रसुवामा बाढीले पुर्‍याएको क्षतिपछिको पुनर्निर्माणमा खर्च गर्ने प्रस्ताव गरेको थियो। त्यस्तै, बाँकी ५० अर्ब भारु बुटवल–पोखरा एक्सप्रेस वे निर्माणका लागि उपलब्ध गराउन अनुरोध गरिएको थियो।

तर भारतले घोषणा गरेको कुल २ खर्ब ४० अर्ब भारुमध्ये कति रकम अनुदान र कति सहुलियतपूर्ण ऋणका रूपमा उपलब्ध हुनेछ भन्ने अझै स्पष्ट भएको छैन। कुन आयोजना र क्षेत्रमा कति रकम खर्च हुनेछ भन्ने विवरण पनि सार्वजनिक गरिएको छैन।

भारतले यसअघि पनि नेपालका लागि विभिन्न चरणमा लाइन अफ क्रेडिट घोषणा गरिसकेको छ। तर तीमध्ये सबै रकम उपयोग हुन सकेको छैन। दुई वर्षअघि अर्थात् २०८१ सालमा नेपालले भारतले प्रतिबद्धता जनाएको ९० करोड अमेरिकी डलर बराबरको लाइन अफ क्रेडिट रद्द गरेको थियो।

यसअघि सन् २०१४ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपाल भ्रमणका क्रममा १ अर्ब अमेरिकी डलर सहयोग घोषणा गरेका थिए। तर सन् २०१५ मा नेपालमा विनाशकारी भूकम्प गएपछि उक्त सहयोगलाई भूकम्पपछिको पुनर्निर्माणमा खर्च गर्ने गरी रूपान्तरण गरिएको थियो।

त्यसमध्ये २५ करोड अमेरिकी डलर अनुदान र ७५ करोड डलर सहुलियतपूर्ण ऋणका रूपमा छुट्याइएको थियो। अनुदानतर्फको रकम भूकम्पपछिको पुनर्निर्माणमा खर्च भए पनि ७५ करोड डलर ऋणमध्ये करिब ५ करोड डलर मात्रै उपयोग हुन सकेको थियो।

भारतको लाइन अफ क्रेडिटबाट निर्माण हुने आयोजनामा ७५ प्रतिशतसम्म भारतीय वस्तु तथा सामग्री प्रयोग गर्नुपर्ने प्रावधान छ। यही प्रावधान र अन्य प्रक्रियागत जटिलताका कारण भारतले प्रतिबद्धता जनाएको ठूलो रकम उपयोग हुन नसकेको अर्थ मन्त्रालय स्रोतको भनाइ छ। स्रोतका अनुसार यसअघि घोषणा भएको ऋणमध्ये करिब ८५ अर्ब भारु बराबरको रकम उपयोग हुन सकेन।

नेपालले यसपटक पुरानो प्रतिबद्धताको अनुभवलाई समेत ध्यानमा राख्दै करिब १ खर्ब भारुको नयाँ लाइन अफ क्रेडिट र १ खर्ब भारु अनुदान उपलब्ध गराउन भारतसँग अनुरोध गरेको थियो। भारतले सहयोग घोषणा गरे पनि अनुदान र ऋणको वास्तविक हिस्सा तथा कार्यान्वयनको ढाँचा भने सार्वजनिक हुन बाँकी छ।

त्यसैले भारतको यो घोषणालाई नेपालले कसरी उपयोग गर्छ, कुन आयोजना प्राथमिकतामा पर्छन् र विगतमा उपयोग हुन नसकेको ऋणको समस्या यसपटक कसरी समाधान हुन्छ भन्ने विषय महत्वपूर्ण बनेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

प्रधानमन्त्री शाह र मोदीद्वारा संयुक्त रूपमा जनकपुरधाम-अयोध्या रेलवे सेवा उद्घाटन

Clock Iconसोमबार, मंसिर ०७, २०८३

भारतबाट नेपाललाई २ खर्ब ४० अर्ब भारु सहयोग घोषणा, कुन क्षेत्रमा खर्च होला ?

Clock Iconसोमबार, मंसिर ०७, २०८३

विवाहको सिजनमै घट्यो सुनको मूल्य, डलर पनि सस्तियो

Clock Iconसोमबार, मंसिर ०७, २०८३

एलपीजी ग्यास सिलिन्डरमा बढी मूल्य लिने स्टोरलाई २ लाख जरिवाना

Clock Iconशुक्रबार, मंसिर ०४, २०८३

निर्माण व्यवसायी महासंघ कोशीको अधिवेशन-निर्माण क्षेत्रका समस्या समाधान र नीतिगत सुधारको माग

Clock Iconशुक्रबार, मंसिर ०४, २०८३

विराटनगरका उद्योगीको माग: बैंकको अतिरिक्त शुल्क खारेज गरी कर्जा प्रक्रिया दुई पृष्ठमा सीमित गर

Clock Iconशुक्रबार, मंसिर ०४, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka