Premier Cables
Premier Steel

अन्तराष्ट्रिय

मोदीले भने– बालेनमा नेपालको भविष्यप्रति स्पष्ट दृष्टिकोण र प्रतिबद्धता पाएँ

Hamro Biratnagar News Channel Calendar सोमबार, मंसिर ०७, २०८३  | अपराह्न २:१२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालका प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को नेतृत्व, सोच र प्रतिबद्धताको प्रशंसा गरेका छन्।

नयाँ दिल्लीमा सोमबार आयोजित संयुक्त पत्रकार सम्मेलनमा बोल्दै मोदीले प्रधानमन्त्री बालेनमा नेपालको भविष्यप्रति स्पष्ट दृष्टिकोण र दृढ प्रतिबद्धता आफूले महसुस गरेको बताएका हुन्।

विज्ञापन

मोदीले बालेनको नेतृत्वमा नेपालले विकास र समृद्धिको नयाँ यात्रा अघि बढाउने विश्वास व्यक्त गरे। उनले नेपाल र भारतबीचको सम्बन्धलाई थप उचाइमा पुर्‍याउन दुवै देश मिलेर काम गर्ने पनि बताए।

प्रधानमन्त्री बालेनले प्राप्त गरेको ऐतिहासिक जनमतले नेपालको युवा पुस्ताको आकांक्षा र परिवर्तनको चाहना प्रतिबिम्बित गरेको मोदीको भनाइ थियो।

उनले नेपाललाई बलियो र समृद्ध राष्ट्र बनाउने यात्रामा भारत सधैँ साझेदार रहने प्रतिबद्धता पनि व्यक्त गरे।

मोदीले नेपाल–भारत सम्बन्धलाई नयाँ उचाइमा पुर्‍याउन महत्वपूर्ण निर्णयहरू अघि बढाइएको उल्लेख गर्दै आर्थिक सहयोग, विकास साझेदारी र आपसी सहकार्यलाई थप विस्तार गर्ने बताएका छन्।

प्रधानमन्त्री बालेनको भारत भ्रमणका क्रममा दुई देशबीच व्यापार, ऊर्जा, पूर्वाधार, यातायात, शिक्षा, स्वास्थ्य तथा अन्य क्षेत्रमा सहकार्य विस्तारका विषयमा छलफल भइरहेको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

प्रधानमन्त्री शाह र मोदीद्वारा संयुक्त रूपमा जनकपुरधाम-अयोध्या रेलवे सेवा उद्घाटन

Clock Iconसोमबार, मंसिर ०७, २०८३

भारतबाट नेपाललाई २ खर्ब ४० अर्ब भारु सहयोग घोषणा, कुन क्षेत्रमा खर्च होला ?

Clock Iconसोमबार, मंसिर ०७, २०८३

विवाहको सिजनमै घट्यो सुनको मूल्य, डलर पनि सस्तियो

Clock Iconसोमबार, मंसिर ०७, २०८३

एलपीजी ग्यास सिलिन्डरमा बढी मूल्य लिने स्टोरलाई २ लाख जरिवाना

Clock Iconशुक्रबार, मंसिर ०४, २०८३

निर्माण व्यवसायी महासंघ कोशीको अधिवेशन-निर्माण क्षेत्रका समस्या समाधान र नीतिगत सुधारको माग

Clock Iconशुक्रबार, मंसिर ०४, २०८३

विराटनगरका उद्योगीको माग: बैंकको अतिरिक्त शुल्क खारेज गरी कर्जा प्रक्रिया दुई पृष्ठमा सीमित गर

Clock Iconशुक्रबार, मंसिर ०४, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka