Premier Cables
Premier Steel

राजनीति

स्थानीय तह निर्वाचनको तयारीमा निर्वाचन आयोग, राजनीतिक दलसँग छलफल गर्दै

Hamro Biratnagar News Channel Calendar शुक्रबार, मंसिर ०४, २०८३  | बिहान १०:३७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । निर्वाचन आयोग आगामी स्थानीय तह निर्वाचनको तयारीमा जुटेको छ। निर्वाचनको मिति निर्धारण तथा आवश्यक व्यवस्थापनका विषयमा आयोगले राजनीतिक दलहरूसँग परामर्श प्रक्रिया अघि बढाएको हो।

यसैक्रममा आयोगले आज बिहान साढे ११ बजे राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका प्रतिनिधिहरूसँग छलफल गर्दैछ।

विज्ञापन

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार बैठकमा निर्वाचनको मिति, व्यवस्थापन र आवश्यक पूर्वतयारीबारे दलहरूको सुझाव लिइनेछ। राष्ट्रिय दलहरूसँगको छलफलपछि अन्य दर्तावाला राजनीतिक दलसँग पनि परामर्श गरिनेछ।

प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, श्रम संस्कृति पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीले राष्ट्रिय दलको मान्यता पाएका छन्।

स्थानीय तहका जनप्रतिनिधिको पाँचवर्षे कार्यकाल आगामी वैशाखमा सकिँदैछ। सोही समयलाई मध्यनजर गर्दै आयोगले नयाँ निर्वाचनको तयारी र व्यवस्थापनसम्बन्धी गृहकार्य तीव्र पारेको हो।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka