Premier Cables
Premier Steel

राष्ट्रिय

तिहारमा नेपाली फूलको ५० करोडभन्दा बढीको कारोबार, भारतीय फूलको आयातमा कडाइको प्रभाव

Hamro Biratnagar News Channel Calendar सोमबार, कार्तिक २३, २०८३  | राती ९:०४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । यस वर्षको तिहारमा नेपाली फूलको कारोबार ५० करोड रुपैयाँभन्दा बढी पुगेको छ । भारतीय फूलको आयातमा गरिएको कडाइ र स्वदेशी उत्पादन बढेसँगै नेपाली फूलले बजारमा राम्रो हिस्सा ओगटेको हो ।

विगतका वर्षमा भारतीय फूलको आयातका कारण नेपाली किसानले उत्पादन गरेका फूलले पर्याप्त बजार पाउन सकेका थिएनन् । तर यस वर्ष सीमा क्षेत्रमा निगरानी बढाइएपछि स्वदेशी फूलको बिक्री बढेको छ ।

विज्ञापन

फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) का अनुसार यस वर्ष तिहारमा सयपत्री र मखमली फूलको माग उच्च रहेको थियो । देशभर उत्पादित फूलले बजार पाउँदा किसान तथा व्यवसायी उत्साहित भएका छन् ।

यस वर्ष तिहारमा करिब ४५ देखि ५० लाख सयपत्री मालाको माग रहेको अनुमान गरिएको थियो । त्यस्तै, भाइटीकाका लागि करिब २ लाख मखमली मालाको माग रहेको थियो ।

नेपाली फूलको बजार विस्तारमा भारतीय फूलको अवैध आयात नियन्त्रणले महत्वपूर्ण भूमिका खेलेको व्यवसायीहरूको भनाइ छ । सीमा क्षेत्रमा प्रशासन र सुरक्षा निकायले निगरानी बढाएपछि भन्सार छलेर भित्रिने फूलको आयातमा कमी आएको थियो । यस क्रममा विराटनगरका कोल्डस्टोरमा छापा हानी भारतीय फूल बरामद गरिएको थियो । मोरङका अन्यक्षेत्रमा पनि छापा हानेर भारतबाट लुकाई छिपाई ल्याएको फूल नष्ट गरिएको थियो ।

त्यस्तै, काठमाडौं महानगरपालिकासहित विभिन्न स्थानीय तहले विदेशी फूल र प्लास्टिकका कृत्रिम मालाको बिक्रीमा कडाइ गरेका थिए । काठमाडौं महानगरले किसानलाई फूल बिक्रीका लागि ३० भन्दा बढी स्थान उपलब्ध गराएको थियो ।

यसले किसानलाई आफ्नो उत्पादन सिधै उपभोक्तासम्म पुर्‍याउन सहज बनाएको थियो । विगतमा बजार नपाएर बोटमै खेर जाने गरेका फूलले यसपटक राम्रो बजार पाएका छन् ।

नेपाली फूलको उत्पादन र बिक्री बढेसँगै तिहार स्वदेशी पुष्प व्यवसायका लागि उत्साहजनक बनेको छ । भारतीय फूलको आयात नियन्त्रण र आन्तरिक उत्पादनको प्रवर्द्धनले नेपाली फूल व्यवसायलाई थप बल पुगेको देखिन्छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka