Premier Cables
Premier Steel

खेलकुद

पटका आयात र प्रयोगमा प्रतिबन्ध, एनपीएलमा भने खुलेआम आतसबाजी !

Hamro Biratnagar News Channel Calendar शुक्रबार, कार्तिक २०, २०८३  | बिहान ११:५६ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपालमा पटका तथा आतसबाजीजन्य विस्फोटक पदार्थको अवैध आयात, ओसारपसार, भण्डारण र बिक्रीवितरणमा कानुनी प्रतिबन्ध छ। तर नेपाल प्रिमियर लिग (एनपीएल) का खेलमा भने पटका तथा आतसबाजी प्रयोग भइरहेको दृश्य देखिँदै आएको छ।

नेपालको मुलुकी अपराध संहिता, २०७४ ले पटका तथा विस्फोटक पदार्थको अवैध कारोबार तथा ओसारपसारलाई निषेध गरेको छ। कानुन उल्लंघन गर्नेलाई तीन वर्षसम्म कैद र ३० हजार रुपैयाँसम्म जरिवाना हुन सक्ने व्यवस्था छ।

विज्ञापन

पटका तथा विस्फोटक पदार्थको प्रयोगबाट हुन सक्ने दुर्घटना, आगलागी र चोटपटक न्यूनीकरण गर्नुका साथै वायु तथा ध्वनि प्रदूषण नियन्त्रण गर्नु यस व्यवस्थाको उद्देश्य हो।

तर एनपीएलका खेलमा चौका, छक्का तथा विकेटपछि रंगशालामा आतसबाजी गरिने दृश्य देखिन्छन्। खेललाई मनोरञ्जनात्मक र आकर्षक बनाउन गरिने यस्तो प्रयोगले नेपालको कानुनी व्यवस्था र त्यसको कार्यान्वयनमाथि प्रश्न उठाएको छ।

एकातिर सर्वसाधारणलाई पटका प्रयोग नगर्न र यसको अवैध कारोबार नगर्न सचेत गराइन्छ भने अर्कोतिर ठूलो खेल प्रतियोगितामा भइरहेको आतसबाजीको व्यवस्थापन र कानुनी आधारबारे चासो बढेको छ।

एनपीएलमा प्रयोग हुने आतसबाजी कुन प्रकारको हो, त्यसका लागि सम्बन्धित निकायबाट अनुमति लिइएको छ वा छैन र यसको प्रयोग कुन कानुनी व्यवस्थाअन्तर्गत भइरहेको छ भन्ने विषय स्पष्ट हुन आवश्यक छ।

कानुन सबैका लागि समान रूपमा लागू हुनुपर्ने भएकाले सार्वजनिक सुरक्षा र वातावरणीय प्रभावलाई ध्यानमा राख्दै सम्बन्धित निकायले यसबारे स्पष्ट पार्नुपर्ने देखिन्छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka