Premier Cables
Premier Steel

राजनीति

‘१८ करोडको डिल’ बारे भ्रम नफैलाउन सरकारलाई कांग्रेस नेताहरूको चेतावनी

Hamro Biratnagar News Channel Calendar मंगलबार, कार्तिक १७, २०८३  | बिहान १०:०० बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकताका लागि न्यायाधीशसँग १८ करोड रुपैयाँको डिल भएको भन्ने आरोपबारे तत्काल निष्पक्ष छानबिन गर्न कांग्रेस नेताहरूले सरकारसँग माग गरेका छन् । उनीहरूले तथ्य र प्रमाणबिना भ्रम फैलाउने काम नगर्न पनि सरकारलाई चेतावनी दिएका छन् ।

कांग्रेसका पूर्वमहामन्त्री गुरुराज घिमिरेले लोकतन्त्रमा प्रश्न उठाउन पाउने अधिकार सुरक्षित भए पनि आधारहीन आरोप र भ्रम फैलाउन नहुने बताएका छन् ।

विज्ञापन

उनले कुनै तथ्य वा प्रमाणबिना फैलाइएका हल्लाका पछाडि लाग्नुभन्दा वास्तविकता बुझेर धारणा बनाउनुपर्ने बताए । कसैलाई यस विषयमा शंका भए राज्यका सम्बन्धित निकायमार्फत निष्पक्ष छानबिन गर्न सकिने उनको भनाइ छ । कांग्रेस आफैंले पनि छानबिनको माग गरिरहेको उनले स्पष्ट पारे ।

न्यायाधीशसँग १८ करोड रुपैयाँको डिल गरेको भन्ने आरोप पूर्णतः आधारहीन, भ्रामक र राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको घिमिरेको दाबी छ । पार्टीको साख र नेतृत्वको छवि धमिल्याउने उद्देश्यले यस्ता हल्ला फैलाइएको भन्दै उनले आमनागरिक र पार्टीका नेता–कार्यकर्तालाई भ्रममा नपर्न आग्रह गरेका छन् ।

सभापति गगन थापाको राजनीतिक प्रभाव र जनसमर्थन बढ्दै गएको देखेर सरकार तथा सत्तारुढ दल त्रसित भएको घिमिरेले आरोप लगाए ।

सभापति थापाले संसद् र सार्वजनिक मञ्चबाट सरकारका असफलता, सुशासनका कमजोरी तथा सेवा प्रवाहमा देखिएको अभावबारे प्रश्न उठाएको भोलिपल्टै नियोजित रूपमा यस्तो आरोप सार्वजनिक गरिएको उनको भनाइ छ ।

सरकारले आफ्ना प्राथमिक दायित्व पूरा गर्नुभन्दा अनावश्यक विवाद र भ्रम सिर्जना गर्न समय खर्चिरहेको टिप्पणी गर्दै घिमिरेले काममा केन्द्रित हुन सरकारलाई सुझाव दिएका छन् ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka