Premier Cables
Premier Steel

राष्ट्रिय

पत्रकार पक्राउको विरोधमा रास्वपासहित ठूला दल एकमत

Hamro Biratnagar News Channel Calendar शुक्रबार, कार्तिक १३, २०८३  | राती ८:४२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । समाचार कक्षबाटै पत्रकारहरूलाई प्रहरीले नियन्त्रणमा लिएपछि सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सहित प्रमुख राजनीतिक दलहरूले विरोध जनाएका छन् । दलहरूले समाचार संकलन र प्रकाशनकै आधारमा पत्रकारलाई पक्राउ गर्नु प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतामाथिको हस्तक्षेप भएको बताएका छन् ।

रास्वपाका प्रवक्ता जगदीश खरेलले समाचारकै विषयलाई लिएर पत्रकारलाई पक्राउ गर्ने वा सोधपुछका नाममा धरपकड गर्ने कार्य संविधानविपरीत रहेको बताएका छन् ।

विज्ञापन

उनले नेपालको संविधानले प्रेस स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रतालाई मौलिक हकका रूपमा सुनिश्चित गरेको उल्लेख गर्दै पत्रकार पक्राउ गर्ने कार्य आफ्नो पार्टीको नीति र सिद्धान्तविपरीत रहेको स्पष्ट पारे ।

त्यस्तै, दोस्रो ठूलो दल नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पनि सञ्चारगृहहरूमाथिको हस्तक्षेप र निगरानी तत्काल बन्द गर्न सरकारसँग माग गरेका छन् ।

सामाजिक सञ्जाल फेसबुकमार्फत धारणा सार्वजनिक गर्दै पौडेलले समाचार संकलन तथा सूचना सार्वजनिक गरेकै आधारमा प्रहरी परिचालन गरी पत्रकारलाई पक्राउ गर्नु सर्वसत्तावादी प्रवृत्तिको पराकाष्ठा भएको टिप्पणी गरेका छन् ।

सार्वजनिक पदमा रहेका व्यक्तिका गतिविधि, न्यायिक शुद्धता र शक्तिको दुरुपयोगबारे खोजी गरी नागरिकलाई सुसूचित गराउनु प्रेसको संवैधानिक दायित्व भएको उनको भनाइ छ ।

पत्रकार पक्राउको घटनापछि प्रमुख राजनीतिक दलका नेताहरूले प्रेस स्वतन्त्रताको पक्षमा धारणा सार्वजनिक गरेका छन् । यसले सञ्चारमाध्यममाथिको प्रहरी हस्तक्षेप र पत्रकारको सुरक्षासम्बन्धी विषयलाई पुनः बहसमा ल्याएको छ ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka