Premier Cables
Premier Steel

खेलकुद

आरसीबीको विजयाेत्सवमा भागदाैड, कम्तिमा आठ जनाको मृत्यू भएको आशङ्का

नोट: यो समाचार ६ महिना अघिको हो

Calendar बुधबार, जेठ २१, २०८२  | राती ८:२४ बजे

नयाँ दिल्ली । बेंगलुरुको चिन्नास्वामी स्टेडियममा आरसीबीको जितको उत्सव मनाउने क्रममा ठूलो भीड जम्मा हुँदा भएको भगदडमा कम्तिमा आठ जनाको मृत्यु भएको आशंका गरिएको छ । ४० भन्दा बढी घाइते भएका छन्। आरसीबीले हिजो राति सम्पन्न आइपीएल २०२५ काे उपाधि जितेको थियो ।

यसबीचमा, कर्नाटकका उपमुख्यमन्त्री डी. के. शिवकुमारले भने, “बेंगलुरुमा आरसीबीको उत्सवमा मृत्युको कुनै पुष्टि भएको जानकारी छैन, विस्तृत विवरण प्राप्त भएपछि जानकारी दिनेछु।”उनले थपे, “त्यहाँ युवा र उत्साही भिड थियो, त्यसैले हामी लाठीचार्ज गर्न सक्दैनौं।”

बिज्ञापन

“मैले प्रहरी आयुक्तसहित सबैसँग कुरा गरिसकेको छु। म अस्पताल पनि जान्छु तर अहिले चिकित्सकहरू बिरामीको उपचारमा व्यस्त भएकाले म उनीहरूलाई बाधा दिन चाहन्न। अहिले नै ठ्याक्कै संख्या भन्न सकिँदैन। हामी जनतालाई शान्त रहन आग्रह गर्छौं। कार्यक्रम छोट्याइएको थियो र १० मिनेटमै सम्पन्न भएको हो। हामी सबै कुरा सामान्य बनाउने प्रयास गरिरहेका छौं। लाखौं मानिस आएका थिए,” उपमुख्यमन्त्रीले भने।

आईपीएल २०२५ मा आरसीबीको जितको खुसीमा विधान सौध बाहिर हजारौं समर्थकहरू झण्डा र ब्यानरसहित भेला भएका छन्।

प्रत्यक्षदर्शीहरूका अनुसार, प्रशंसकहरू सम्मान समारोह हुने स्थलमा ठुलो सङ्ख्यामा जम्मा भएका थिए। दृश्यहरूमा प्रहरीले घाइतेहरू र बेहोस भएका व्यक्तिहरूलाई एम्बुलेन्समा सारिरहेको देखिन्छ।

प्रहरीहरूलाई भिड नियन्त्रण गर्न कठिनाइ भएको थियो, किनभने धेरै क्रिकेट प्रेमीहरू एकैपटक स्टेडियममा प्रवेश गर्न खोजिरहेका थिए। मृतकबारे स्वतन्त्र पुष्टि हुन भने बाँकी रहेकाे टाइम्स अफ इन्डियाकाे अनलाइन संस्करणमा उल्लेख छ ।

धानमन्त्री नरेन्द्र मोदीले बेंगलुरुको एम. चिन्नास्वामी स्टेडियम नजिकै भएको भगदडमा ज्यान गुमाउनेहरूप्रति गहिरो दुःख व्यक्त गरेका छन्। उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्:

बेंगलुरुमा भएको यो दुर्घटना अत्यन्तै हृदयविदारक छ। यस दुःखद घडीमा, म आफ्ना प्रियजनहरू गुमाउने सबैप्रति समवेदना व्यक्त गर्दछु। घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दछु।

*** समाप्त ***
ACS
aarya
DPS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners
हेर्नै पर्ने भिडियो

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka