Premier Cables
Premier Steel

विराटनगर

​दाहाल प्रतिष्ठानद्वारा भव्यताका साथ सामूहिक घटस्थापना र दुर्गा पूजा शुभारम्भ

Hamro Biratnagar News Channel Calendar आइतबार, असोज २५, २०८३  | साँझ ४:३२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

​विराटनगर | दाहाल प्रतिष्ठान सञ्चालन तथा व्यवस्थापन समिति विराटनगरको आयोजनामा यस वर्षको बडादसैँका अवसरमा विधिपूर्वक सामूहिक घटस्थापना गरी दुर्गा पूजा आराधना सुरु गरिएको छ। प्रतिष्ठानले वि.सं. २०६५ सालदेखि निरन्तर कायम राख्दै आएको परम्परालाई निरन्तरता दिँदै यस वर्ष पनि घटस्थापना सम्पन्न गरेको हो।

​प्रतिष्ठानका निवर्तमान केन्द्रीय अध्यक्ष शालिग्राम दाहालको नेतृत्व तथा मोहन दाहालको संयोजकत्वमा जलघडा शोभायात्रासहित सप्तकोशी नदीबाट ल्याइएको पवित्र जल शङ्खध्वनिका साथ प्रतिष्ठानको पूजाघरमा भित्र्याएर जमरा राखिएको छ।

विज्ञापन

​वि.सं. २०६५ सालदेखि नै निरन्तर रूपमा मूलकर्ताको भूमिका निर्वाह गर्दै आउनुभएका पुण्यप्रसाद दाहालले यस वर्ष पनि दुर्गा पूजाको मूलकर्ताका रूपमा पूजा आराधनाको नेतृत्व गर्नुभएको छ।

​नवरथाभरि प्रतिष्ठानको पूजाघरमा नित्य आरती, भजनकीर्तन तथा दुर्गा सप्तशती चण्डी पाठ पारायण हुनेछ। दसैँको महासप्तमीका दिन प्रसिद्ध शक्तिपीठ दन्तकाली र पिण्डेश्वरबाट फूलपाती ल्याएर भित्र्याउने, महाअष्टमीका दिन कालरात्रि पूजा तथा महानवमीका दिन नवकन्या पूजा सम्पन्न गरिने कार्यक्रम रहेको छ।

​त्यसैगरी, विजयादशमीका दिन करिब ६०० परिवारलाई सामूहिक रूपमा प्रसाद तथा जमरा वितरण गर्ने बृहत् कार्यक्रम तय गरिएको प्रतिष्ठानले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka