Premier Cables

समाचार

दसैँका लागि आजदेखि अग्रिम बस टिकट बुकिङ खुला

Hamro Biratnagar News Channel Calendar शुक्रबार, असोज २३, २०८३  | बिहान ९:२९ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ । दसैँमा घर जाने यात्रुका लागि आजदेखि अग्रिम बस टिकट बुकिङ खुला भएको छ। बुकिङ खुला भएसँगै काठमाडौँको नयाँ बसपार्कमा लामो दूरीका यात्रु टिकट काट्न लामबद्ध भएका छन्।

यातायात व्यवस्था विभाग, नेपाल प्रहरी, यातायात व्यवसायी तथा मजदुरबीच असोज २० गते विभागमा बसेको बैठकले असोज २३ गतेदेखि दसैँका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो।

विज्ञापन

दसैँमा घर जाने यात्रुको चापलाई मध्यनजर गर्दै ल्होत्से बहुउद्देश्यीय प्रालिले नयाँ बसपार्क क्षेत्रमा १५ वटा टिकट काउन्टर थप गरेको छ।

अग्रिम टिकट बुकिङ खुला भएसँगै यात्रुलाई सहज रूपमा टिकट उपलब्ध गराउने र भीड व्यवस्थापन गर्ने प्रयास गरिएको छ। दसैँका बेला उपत्यकाबाट बाहिरिने यात्रुको सङ्ख्या बढ्ने भएकाले टिकट बुकिङलाई व्यवस्थित बनाउन सम्बन्धित निकायले तयारी गरेका छन्।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka