Premier Cables

राष्ट्रिय

विद्यार्थी बोकेको बस डेढ सय मिटर तल खस्यो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, असोज २३, २०८३  | बिहान ९:२२ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

पोखरा । कास्कीको पोखरामा २२ जना विद्यार्थी बोकेको स्कुल बस दुर्घटनामा परेको छ। कालिका बोर्डिङ स्कुलका विद्यार्थी लिएर विद्यालयतर्फ जाँदै गरेको बस कालिका भन्ने स्थानमा सडकबाट करिब डेढ सय मिटर तल खसेको हो।

गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख गोविन्द काफ्लेका अनुसार ग २ ख १४१७ नम्बरको बस केहीबेरअघि दुर्घटनामा परेको हो।

विज्ञापन

दुर्घटनाका बेला बसमा २२ जना विद्यार्थी रहेको प्रारम्भिक जानकारी प्राप्त भएको छ। बस सडकबाट तल भीरमा खसेपछि घटनास्थलमा उद्धार कार्य जारी रहेको प्रहरीले जनाएको छ।

दुर्घटनामा विद्यार्थी तथा अन्य यात्रु घाइते भए–नभएको र घटनाको थप विवरण प्राप्त हुन बाँकी छ। उद्धार कार्य जारी रहेकाले दुर्घटनाबारे विस्तृत जानकारी आउन बाँकी रहेको छ।

प्रहरीले घटनाको अवस्थाबारे थप विवरण संकलन गरिरहेको छ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka