Premier Cables

अन्तराष्ट्रिय अपराध

इरानी सेनाको मिनीबसमा आक्रमण

Hamro Biratnagar News Channel Calendar बिहिबार, असोज २२, २०८३  | साँझ ६:०५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

इरान | इरानको अशान्त दक्षिण–पूर्वी क्षेत्रमा सेनाका कर्मचारीहरू बोकेको सवारी साधनमा आक्रमण भएको छ । बिहीबारको आक्रमणमा एक जनाको मृत्यु र तीन जना घाइते भएको इरानी सञ्चारमाध्यमले जनाएका छन् ।

सिस्तान–बलुचिस्तान प्रान्तको मकरान तटमा तैनाथ एउटा सैनिक विभागका कर्मचारीहरू बोकेको मिनीबसमा आज बिहान सशस्त्र आक्रमण भएको इरानी समाचार संस्था (इर्ना) ले जनाएको छ ।

विज्ञापन

इर्नाले मृतक व्यक्तिको नाम दिएको छ तर मृतक सेनाका कर्मचारी भए नभएको खुलाएको छैन ।

सिस्तान–बलुचिस्तान प्रान्तमा नै भएको अर्को घटनामा ‘कारबाहीमा खटिएको प्रहरी गस्ती दल सशस्त्र गैरकानुनी व्यक्तिहरूको आतङ्कवादी आक्रमणमा परेको छ,” प्रान्तीय प्रहरीले बिहीबार इर्नामार्फत जारी सार्वजनिक वक्तव्यमा भनेको छ ।

“आक्रमणमा एक प्रहरी अधिकृत शहीद भएका छन् भने धेरै ‘आतङ्कवादी’हरू घाइते भएर भागेका छन,” वक्तव्यमा थपिएको छ ।

पाकिस्तान र अफगानिस्तानसँग सिमाना जोडिएको सिस्तान–बलुचिस्तानमा लामो समयदेखि इरानी सुरक्षा बल र कथित विद्रोही तथा लागूऔषध तस्करहरूबीच झडप हुने गरेको छ ।

इरानका सबैभन्दा गरिब प्रान्तहरूमध्ये एक यो प्रान्तमा उल्लेखनीय सङ्ख्यामा जातीय बलुच जनसंख्या बसोबास गर्छ । उनीहरूमध्ये अधिकांश सुन्नी इस्लामका अनुयायी हुन् भने इरान शिया–बहुल राष्ट्र हो ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
Advertisement

Developed by Phoenix Designs

© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka