Premier Cables

विराटनगर

मोरङ प्रहरीको हिरासतमा रहेका एक थुनुवाको उपचारका क्रममा मृत्यु

नोट: यो समाचार १ वर्ष ३ महिना अघिको हो

Hamro Biratnagar News Channel Calendar मंगलबार, जेठ २०, २०८२  | साँझ ६:५३ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा रहेका एक थुनुवाको मृत्यु भएको छ ।

अभद्र व्यवहार मुद्दामा उनीमाथि अनुसन्धान जारी थियो । झापाको दमक नगरपालिका–१ का २८ वर्षीय पुण्यबहादुर श्रेष्ठको मंगलबार मृत्यु भएको हो । उनको अस्पतालमा उपचार भई रहेको प्रहरीले जानकारी दिएको छ । कोसी अस्पतालमा उपचारकै क्रममा उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी प्रवक्ता, डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

विज्ञापन

अभद्र व्यवहार मुद्दा चलाउन जेठ १५ गते अदालतबाट म्याद थप भई उनी प्रहरी हिरासतमा थिए । एकाएक ज्वरो आई पेट दुख्ने थालेपछिउनलाई अस्पताल भर्ना गरिएको थियो । पछि श्वासप्रश्वास सम्बन्धी समस्या देखिएको थियो ।

हिरासतमै रहेका बेला बारम्बार बिरामी पर्ने गरेपछि यसअघि पनि प्रहरीले उनलाई उपचारका लागि अस्पताल भर्ना गरेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार लागूऔषध सेवनकर्ता समेत रहेका श्रेष्ठ लामो समयदेखि परिवारको सम्पर्कमा थिएनन् । आपराधिक पृष्ठभूमिका व्यक्ति रहेको र विभिन्न प्रहरी कार्यालयबाट चार पटक मुद्दा चलिसकेको प्रहरी अभिलेखमा छ ।

तीन पटक लागूऔषध ऐन र एक पटक अभद्र व्यवहार अन्तर्गतको मुद्दा चलेको थियो । ‘यसअघि चार पटक मुद्दा चलिसकेको बताइएको छ ।
पछिल्लो पटक विराटनगरमै साइकल चोरी गर्न खोजेको अवस्थामा पक्राउ परेका थिए ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ

नेपालमा लगानी गर्न भारतीय व्यवसायीलाई अर्थमन्त्री वाग्लेको आह्वान

Clock Iconशनिबार, असोज ०३, २०८३

कबाडीको अर्बौं कारोबार, भ्याट विवादले उद्योगी र व्यवसायी दुवै समस्यामा

Clock Iconबुधबार, भाद्र ३१, २०८३

निजी क्षेत्रसँग सहकार्य गर्ने मुख्यमन्त्री कार्कीको प्रतिबद्धता

Clock Iconबुधबार, भाद्र ३१, २०८३

मकवानपुरमा ट्राफिक नियम उल्लङ्घन गर्ने १८ हजारभन्दा बढी चालक कारबाहीमा

Clock Iconसोमबार, भाद्र २९, २०८३

मोरङ उद्योग व्यापार संघको अध्यक्षमा अनिल कुमार साह सर्वसम्मत, ३५औँ कार्यसमिति निर्विरोध चयन

Clock Iconसोमबार, भाद्र २९, २०८३

बजारमा चिनीको चर्को मूल्यवृद्धि: कसरी पुग्यो प्रतिकिलो १५० रुपियाँ ?

Clock Iconशनिबार, भाद्र २७, २०८३
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka