Premier Cables

मौसम

असोज पहिलो सातादेखि भारी वर्षाको चेतावनी, यात्रा स्थगन गर्न मौसमविद्को आग्रह

Hamro Biratnagar News Channel Calendar आइतबार, असोज ०४, २०८३  | अपराह्न १२:०४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ। बंगालको खाडीमा विकसित भइरहेको नयाँ न्यूनचापीय प्रणालीका कारण आगामी असोज ८ देखि १२ गतेसम्म देशका अधिकांश स्थानमा भारी वर्षा हुने सम्भावना देखिएको छ।

सम्भावित बाढी र पहिरोको जोखिमलाई ध्यानमा राख्दै मौसमविद्हरूले पूर्वतयारी र उच्च सतर्कता अपनाउन सर्वसाधारण एवम् सम्बन्धित निकायसँग आग्रह गरेका छन्।
मौसमविद्का अनुसार उक्त मौसमी प्रणालीका कारण देशका कतिपय स्थानमा ४०० मिलिमिटरभन्दा बढी वर्षा हुन सक्ने अनुमान छ।

विज्ञापन

जल तथा मौसमविद् डा. विनोद पोखरेलले असोज ८ देखि १२ गतेसम्म देशभर व्यापक वर्षाको सम्भावना रहेको बताएका छन्। यस्तै, मौसमविद् उज्ज्वल उपाध्यायले असोज ८ देखि ११ गतेसम्मको मौसमी स्थिति गम्भीर बन्न सक्ने चेतावनी दिँदै सुदूरपश्चिमबाहेकका क्षेत्रमा असोज ८, ९ र १० गते लामो दूरीको यात्रा स्थगन गर्न सुझाव दिएका छन्।

उता, जल तथा मौसम विज्ञान विभागले भने बंगालको खाडीमा विकसित प्रणालीलाई निरन्तर निगरानी गरिरहेको जनाएको छ। प्रणालीको असर र तीव्रता थप स्पष्ट भएपछि विभागले औपचारिक मौसम बुलेटिन तथा विशेष चेतावनी जारी गर्ने तयारी गरेको छ।

चाडपर्वको समय नजिकिँदै गर्दा हुन सक्ने सम्भावित विपद्लाई मध्यनजर गर्दै जोखिमयुक्त नदी तटीय क्षेत्र र पहिरोको जोखिम भएका ठाउँका बासिन्दालाई विशेष सजगता अपनाउन आग्रह गरिएको छ।

*** समाप्त ***
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka