Premier Cables

अन्तराष्ट्रिय

अमेरिका-इरान युद्धकै बीच इरानी प्रतिनिधिमण्डललाई न्युयोर्क जाने बाटो खुल्यो

Hamro Biratnagar News Channel Calendar शुक्रबार, असोज ०२, २०८३  | बिहान १०:२७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

​काठमाडौँ । अमेरिका र इरानबीचको द्वन्द्व कायमै रहेका बेला अमेरिकी सरकारले न्युयोर्कमा हुने संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन इरानी अधिकारीहरूलाई भ्रमण अनुमति दिएको छ।
​बीबीसीका अनुसार इरानी राष्ट्रपति मसुद पेजेस्कियान र विदेशमन्त्री अब्बास अराघ्ची नेतृत्वको टोली न्युयोर्क जाने भएको छ। अमेरिकी विदेश मन्त्रालयले राष्ट्रसंघको आयोजक राष्ट्रका रूपमा यो अनुमति दिइएको स्पष्ट पारेको छ।

​यद्यपि, न्युयोर्क बसाइका क्रममा इरानी प्रतिनिधिहरूमाथि भ्रमणको दायरा तोकिएको छ भने केही अमेरिकी तथा विलासी वस्तु खरिद गर्न प्रतिबन्ध लगाइएको छ।

विज्ञापन

​फेब्रुअरीमा सुरु भएको यो युद्धका कारण विश्वभर तेल तथा ग्यासको मूल्य चुलिएको छ भने द्वन्द्व छिमेकी मुलुकहरूसम्म पनि फैलिएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka