Premier Cables

विराटनगर

संविधान दिवसमा विराटनगरमा ‘रोड रेस २०८३’ आयोजना, मुख्यमन्त्री कार्कीद्वारा उद्घाटन

Hamro Biratnagar News Channel Calendar शुक्रबार, असोज ०२, २०८३  | बिहान ८:४८ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । संविधान दिवस २०८३ को अवसरमा प्रदेश खेलकुद विकास बोर्ड, कोशी प्रदेशको आयोजनामा आज विराटनगरमा “रोड रेस २०८३” म्याराथन कार्यक्रम सम्पन्न भएको छ।

“स्वस्थ नागरिक, गतिशील संविधान” भन्ने मूल नाराका साथ आयोजित उक्त प्रतियोगिताको उद्घाटन कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले गर्नुभएको हो।

विज्ञापन

नागरिकमा खेलकुदसम्बन्धी सचेतना अभिवृद्धि गर्ने र संविधान दिवसलाई जनस्तरमा उत्साहका साथ मनाउने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको हो। कार्यक्रममा बोल्दै मुख्यमन्त्री कार्कीले नागरिकको स्वास्थ्य र गतिशीलता नै सबल संविधान र समृद्ध प्रदेशको आधार भएको बताउनुभयो।

म्याराथनमा कोशी प्रदेश तथा जिल्लास्थित विभिन्न सरकारी कार्यालयका अधिकारी, कर्मचारी, राष्ट्रिय तथा स्थानीय खेलाडीहरू, सुरक्षाकर्मी र सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो। सहभागीहरूले तोकिएको दूरी पार गर्दै खेलकुदप्रतिको ऐक्यबद्धता प्रकट गरेका थिए।

प्रतियोगिता समापनपश्चात् उत्कृष्ट स्थान हासिल गर्ने धावकहरूलाई पुरस्कार तथा प्रमाण-पत्र वितरण गरिएको आयोजक प्रदेश खेलकुद विकास बोर्डले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka