Premier Cables

समाचार

शेयर बजारमा उछाल, दोहोरो अंकले बढ्यो

Hamro Biratnagar News Channel Calendar मंगलबार, भाद्र ३०, २०८३  | साँझ ४:३१ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाण्डौ । मंगलबारको कारोबारमा सेयरबजार दोहोरो अंकले बढेको छ । आज नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १.८७ प्रतिशत अर्थात ४८.५७ अंकले बढेर २ हजार ६३३.६२ विन्दुमा पुगेको छ। यससँगै बलिया तथा ठूला कम्पनीहरूको मापक सेन्सेटिभ इन्डेक्स पनि २ प्रतिशतले बढेर ४६७.४५ विन्दुमा पुगेको छ ।

आज नेप्सेमा सूचीकृत ३४७ वटा स्क्रिप्टको २ करोड ३ लाख ८७ हजार ४१३ कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ८ अर्ब २९ करोड बढीको सेयर कारोबार भएको छ । गत शुक्रबार भने ४ अर्ब ६८ करोड बढीको सेयर कारोबार भएको थियो ।

विज्ञापन

आजको बजारबारे अर्थशास्त्री सूर्यनारायण पौडेल भन्छन्, ‘हिजो मात्रै अर्थमन्त्रीले सार्वजनिक गरेको पूँजीबजार सुदृढीकरण तथा पुनरुत्थान कार्ययोजनाले गर्दा लगानीकर्ताहरुमा आज उत्साह थपिएको छ, त्यसैको प्रभावले बजारमा हरियाली छाएको हो । तर नीति ल्याउँदैमा बजार माथि उकासिन्छ भन्ने हुँदैन, कार्यान्वयनको पाटो कस्तो हुन्छ त्यसमा भर पर्छ ।

साथै केही नीतिहरु मात्रै नयाँ आएका छन् । नत्र एनआरएनलाई बजारमा प्रवेश, मार्जिन लेन्डिङ जस्ता कुराहरु पुरानै हुन् जुन अहिलेसम्म कार्यान्वयन हुन सकेको छैन ।’

उनले थपे, ‘यसबाहेक बैंकहरुको सेयर कारोबार र नाफामा मात्रै कर लाग्ने विषय नयाँ छन्, यदि यो कुराहरु कार्यान्वयन भएमा बजार केही हदसम्म माथि जान सक्छ । अहिले मुख्यगरी ठूला लगानीकर्ताको हितमा नीति आउनु आवश्यक छ । बजारमा ठूला लगानीकर्ता र संस्थागत लगानीकर्ताको हित हुनेगरी पोलिसी कार्यान्वयन हुने हो भने मात्रै बजारले लय लिन सक्छ । नत्र बजार घट्न बाट वा प्यानिक सेल मात्रै रोक्ने देखिन्छ अपेक्षा गरेबमोजिम बढ्ने सम्भावना रहँदैन ।’

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka