Premier Cables

विराटनगर

बाढी प्रभावितका लागि सत्यनारायण मन्दिर समितिद्वारा १ लाख रुपैयाँ सहयोग

Hamro Biratnagar News Channel Calendar मंगलबार, भाद्र ३०, २०८३  | साँझ ४:२७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर । विराटनगरस्थित श्रीसत्यनारायण मन्दिर व्यवस्थापन समितिले बाढी प्रभावितहरूको राहत तथा पुनस्थापनाका लागि रु. १,००,००० (एक लाख रुपैयाँ) सहयोग प्रदान गरेको छ। समितिले मोरङका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) युवराज कटेल मार्फत उक्त रकम बराबरको चेक हस्तान्तरण गरेको हो।

बाढीका कारण समस्यामा परेका नागरिकहरूलाई सहयोग पुर्‍याउने उद्देश्यले मन्दिर समितिका तर्फबाट चेक नं. ०००७६७५३६०-५४०१ मार्फत रु. १ लाखको चेक प्रदान गरिएको समितिले जनाएको छ।

विज्ञापन

जिल्ला प्रशासन कार्यालयमा आयोजना गरिएको सहयोग हस्तान्तरण कार्यक्रममा मन्दिर समितिका पदाधिकारीहरूले प्रमुख जिल्ला अधिकारीलाई उक्त चेक हस्तान्तरण हुन्।

चेक ग्रहण गर्दै प्रमुख जिल्ला अधिकारीले प्राकृतिक विपत्तिका बेला धार्मिक तथा सामाजिक संस्थाबाट प्राप्त यस सहयोगको उच्च मूल्यांकन गर्दै मन्दिर समितिलाई धन्यवाद ज्ञापन गर्नुभयो। प्राप्त रकम बाढी प्रभावित क्षेत्रमा पारदर्शी रूपमा राहत सामग्री तथा उद्धार कार्यमा उपयोग गरिने प्रशासनले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka