Premier Cables

राष्ट्रिय

भोटेकोशी बाढीमा ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता, ३१० जनाको उद्धार

Hamro Biratnagar News Channel Calendar मंगलबार, भाद्र ३०, २०८३  | अपराह्न १:०४ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौँ | रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर ३४ देशका ६०७ विदेशी पर्यटक बेपत्ता भएका छन्। पर्यटन विभागका सूचना अधिकारी सुरज घिमिरेका अनुसार कैलाश मानसरोवर तथा जनैपूर्णिमा मेलाका लागि विभिन्न कम्पनीमार्फत गोसाइँकुण्ड पुगेका पर्यटक बाढीपछि सम्पर्कविहीन भएका हुन्।

बेपत्ता हुने विदेशी पर्यटकमा २६९ पुरुष, ३२९ महिला र लिङ्ग नखुलेका नौ जना छन्। विभागका अनुसार सबैभन्दा धेरै भारतीय नागरिक बेपत्ता भएका छन्। भारतका १८९, अमेरिकाका ६५, मलेसियाका ५५, युक्रेनका ५४, चीनका ३७, अस्ट्रेलियाका ३३, लाटभियाका ३३, बेलायतका ३२ र क्यानडाका ३० नागरिक बेपत्ता भएका छन्।

विज्ञापन

यसैगरी, बेलारुसका दुई, फिनल्यान्डका एक, फ्रान्सका चार, जर्मनीका आठ, हङ्गेरीका एक, आयरल्यान्डका दुई, इजरायलका एक, लिथुआनियाका एक, नेदरल्यान्डका दुई, न्युजिल्यान्डका पाँच, पोर्चुगलका दुई, रुसका छ, सिङ्गापुरका नौ, दक्षिण अफ्रिकाका छ, स्पेनका दुई, जापानका पाँच, फिलिपिन्सका एक, काजकिस्तानका तीन, बेल्जियमका दुई, स्वीडेनका एक, स्विट्जरल्यान्डका एक, इटालीका दुई, भियतनामका एक, इस्टोनियाका दुई र दक्षिण कोरियाका नौ नागरिक बेपत्ता भएका छन्।

बाढीमा नेपालका १८८ पर्यटकसमेत बेपत्ता भएका छन्। तीमध्ये १६१ पुरुष र २७ महिला छन्। विभागका अनुसार उनीहरू विदेशी पर्यटकका सहयोगी तथा कैलाश मानसरोवर र गोसाइँकुण्ड भ्रमणमा गएका नेपाली हुन्।

सरकारले बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्यलाई निरन्तरता दिएको छ। विभागका अनुसार हालसम्म ३१० विदेशी पर्यटकको उद्धार गरिएको छ। उद्धार हुनेमा २५८ पुरुष र ५२ महिला छन्। साथै, सम्पर्कविहीन भएका १३ जना तीन पुरुष, नौ महिला र एक अन्य गरी सम्पर्कमा आएका छन्।

स्थानीय प्रशासन र सुरक्षा निकायले बेपत्ता पर्यटकको खोजी तथा राहत र उद्धार कार्यलाई तीव्रता दिएका छन्।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka