Premier Cables

शिक्षा

श्री पोखरिया माध्यमिक विद्यालयमा ६२औँ राष्ट्रिय बाल दिवस भव्य रूपमा सम्पन्न

Hamro Biratnagar News Channel Calendar मंगलबार, भाद्र ३०, २०८३  | अपराह्न १२:१७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

विराटनगर | विराटनगर ३ स्थित श्री पोखरिया माध्यमिक विद्यालयमा ६२औँ राष्ट्रिय बाल दिवसको अवसरमा विशेष कार्यक्रम सम्पन्न भएको छ।

सक्रिय बाल क्लबको आयोजनामा भएको कार्यक्रममा वडा अध्यक्ष बसुबहादुर बस्नेतको प्रमुख आतिथ्य तथा सक्रिय बाल क्लबका अध्यक्ष रोशनकुमार मेहताको अध्यक्षता रहेको थियो।

विज्ञापन

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक खेमराज भट्टराई, सक्रिय बाल क्लबका सल्लाहकार सक्षम मेहता र समीर आलमलगायतको उपस्थिति थियो। कार्यक्रमको सहजीकरण मुकेश मण्डलले गरेका थिए।

बालबालिकाको प्रतिभा, सिर्जनशीलता तथा नेतृत्व क्षमता विकास गर्नुका साथै उनीहरूको अधिकार, संरक्षण, सहभागिता र उज्ज्वल भविष्यप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा विद्यालयका विद्यार्थी, शिक्षक–शिक्षिका, बाल क्लबका पदाधिकारी तथा विभिन्न सरोकारवालाको उत्साहजनक सहभागिता रहेको थियो। सो अवसरमा बालबालिकाले विभिन्न सांस्कृतिक तथा सिर्जनात्मक प्रस्तुति प्रस्तुत गर्दै आफ्नो प्रतिभा प्रदर्शन गरेका थिए।

कार्यक्रमले बालबालिकालाई आफ्ना प्रतिभा प्रस्तुत गर्ने, सिर्जनात्मक गतिविधिमा सहभागी हुने तथा नेतृत्व क्षमता विकास गर्ने अवसर प्रदान गरेको आयोजकले जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka