Premier Cables

समाचार

कृष्णभीरको नयाँ ट्रयाकमा बिहीबारदेखि सवारी साधन सञ्चालन हुने

Hamro Biratnagar News Channel Calendar मंगलबार, भाद्र ३०, २०८३  | बिहान ९:४५ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

चितवन । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरोका कारण सडक अवरुद्ध भएपछि निर्माण थालिएको नयाँ ट्रयाक अन्तिम चरणमा पुगेको छ।

आगामी असोज १ गते (बिहीबार) देखि उक्त नयाँ ट्रयाकमा पूर्ण रूपमा यातायात सञ्चालन गर्ने गरी काम तीव्र पारिएको हो।

विज्ञापन

आइतबार भित्तातर्फको कटिङ र सडक सम्याउने काम सकेर केही सवारीसाधनको सफल परीक्षण (टायल) गरिएको थियो। हाल ३०० मिटर लामो र नालीसहित साढे सात मिटर चौडा यो सडक खण्डमा ग्राभेलिङ, स्लोप कटिङ र नाली निर्माणको काम अन्तिम चरणमा रहेको छ।

निर्माण कम्पनीका अनुसार हाल दैनिक ४० देखि ५० जना मजदुर तथा रोलर, ग्रेडर र एक्साभेटरजस्ता हेभी उपकरण प्रयोग गरेर सडक सञ्चालनको अन्तिम तयारी भइरहेको छ। थप पहिरो नआए तोकिएकै समयमा सडक खुला हुनेछ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka