Premier Cables

विराटनगर

बाढी प्रभावितका लागि आर्या फार्माल्याबको अर्को पहल, नुवाकोटमा स्वास्थ्य शिविर

Hamro Biratnagar News Channel Calendar सोमबार, भाद्र २९, २०८३  | साँझ ७:१७ बजे
Hamro Biratnagar Headlines
लिङ्क कपी भएको छ ।

काठमाडौं । बाढी प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा सक्रिय रहँदै आएको आर्या फार्माल्याबले नुवाकोटमा स्वास्थ्य सेवा विस्तारका लागि विराटन मेडिकल कलेजसँग सहकार्य गरेको छ।

यसअघि कम्पनीले प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा ८२ लाख रुपैयाँ बराबरका औषधिजन्य सामग्री सहयोग गरेको थियो। सोही अभियानलाई निरन्तरता दिँदै आर्या फार्माल्याबले बाढी प्रभावित समुदायमै पुगेर स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यसहित सातदिने सामुदायिक स्वास्थ्य शिविर सञ्चालन गर्न लागेको हो।

विज्ञापन

आर्या फार्माल्याब र विराटन मेडिकल कलेजबीच भएको सहकार्यअनुसार विदुर नगरपालिकाका बाढी प्रभावित नागरिकलाई लक्षित गरी स्वास्थ्य शिविर सञ्चालन गरिनेछ। शिविर विदुर नगरपालिका–७ स्थित सरोना स्कुल, वडा नम्बर ५ स्थित विदुर विद्यालाय तथा वडा नम्बर ९ स्थित भैरवडाँडामा सञ्चालन गर्ने योजना रहेको छ।

शिविरमा स्थानीयवासीलाई विशेषज्ञ चिकित्सकमार्फत स्वास्थ्य परीक्षण, चिकित्सकीय परामर्श, आवश्यक औषधि वितरण तथा विभिन्न रोगको परीक्षण सेवा निःशुल्क उपलब्ध गराइनेछ। थप उपचार आवश्यक पर्ने बिरामी पहिचान गरी सम्बन्धित स्वास्थ्य संस्थामा रेफर गर्ने व्यवस्था पनि मिलाइने कम्पनीले जनाएको छ।

बाढीपछिको अवस्थामा धेरै प्रभावित परिवार स्वास्थ्य संस्थासम्म पुग्न आर्थिक तथा व्यावहारिक कठिनाइमा रहेको अवस्थालाई ध्यानमा राख्दै समुदायमै पुगेर स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको आर्या फार्माल्याबले जनाएको छ।

कम्पनीका अनुसार औषधिजन्य सामग्री सहयोगदेखि प्रभावित बस्तीमै पुगेर स्वास्थ्य शिविर सञ्चालन गर्नेसम्मका गतिविधिले विपद्को कठिन समयमा प्रभावित परिवारसँगै उभिएर उनीहरूको स्वास्थ्य तथा पुनःस्थापनाको यात्रामा साथ दिने प्रतिबद्धता झल्काउँछन्।

बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य जोखिम बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै आर्या फार्माल्याबले निजी क्षेत्रको सामाजिक उत्तरदायित्वअन्तर्गत राहत तथा स्वास्थ्य सेवामार्फत सहयोगलाई निरन्तरता दिएको जनाएको छ।

*** समाप्त ***
Bagmati
ताजा समाचार
aarya
ACS
Homepage after Biratnagar news
Web Surfer
Vianet

विराटनगर

Bagmati homepage
Rathi Cable
Hamrobiratnagar
Avex
Royal Planners

payments अर्थ

अर्थ
© hamrobiratnagar 2025-2027  |  Design: Sabin Roka